नेपाल बङ्गलादेश बैंकको तीन नयाँ शाखा फिक्कल, चन्द्रनगर र देवही गुनाहीमा

  २०७५ साउन ३० गते १८:००     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले फिक्कल, चन्द्रनगर र देवही गुनाहीमा तीन नयाँ शाखाहरु संचालनमा ल्याएको छ । बैंकले ईलामको फिकलमा ७२औँ, सर्लाहिको चनद्रनगरमा ७३औँ र रौतहटको देवही गुनाहीमा ७४औं शाखाको विस्तार गरी कारोबार शुरु गरेको छ ।

साथै सिधुवा जिल्लाको छत्तर जोरपाटी गाँउपालिकामा ७औँ एक्सटेन्सन काउन्टरको पनि औपचारिक कारोबार शुभारम्भ गरेको छ । बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई समेत सहज बैंकिङ्ग सेवा प्रदान गर्ने उदेश्यले वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको छ ।

यी शाखाहरुबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा,रकम भुक्तानी लगायत सम्पुर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यी ३ शाखाहरु सहित बैंकले ७४ शाखा, ७ एक्सटेन्सन काउन्टर, ६ शाखारहित घरदैलो बैंकिङ्ग सेवा तथा ५५ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.