२१ कम्पनीको ८ अर्ब ८८ करोडको आईपीओ र एफपीओ, कसको कति हेर्नुहोस (सुचिसहित)

  २०७५ जेठ २८ गते १४:५१     विकासन्युज

काठमाडौं । नेपालको पुँजी बजारमा अर्बौ रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) र थप निष्कासन (एफपीओ) आउने भएको छ । जलविद्युत, बैंक तथा वित्तीय संस्था र सिमेन्ट उद्योगले आईपीओ र एफपीओ निष्कसन गर्न लागेका हुन् । नेपाल धितोपत्र बोर्डमा २१ कम्पनीले ८ अर्ब ८८ करोड ८२ लाख रुपैयाँ बराबरको आईपीओ र एफपीओ निष्कासन गर्न अनुमति मागेका छन् ।

यसमध्ये ३ कम्पनीले धितोपत्र बोर्डबाट अनुमति पाइसकेका छन् । ३ कम्पनीले मात्रै ६ अर्ब ४९ करोड ६७ लाख रुपैयाँ बराबरको एफपीओ र आईपीओ निष्कासन गर्न अनुमति पाएका हुन् । जसमध्ये अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता र नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ करोड ८० लाख रुपैयाँ बराबरको ४ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाइसकेका छन् ।

यस्तै एनएमबी बैंकले प्रतिकित्ता ३३३ रुपैयाँमा ३ अर्ब ८० करोड १२ लाख रुपैयाँ बराबर एफपीओ निष्कासन गर्न अनुमति पाएको हो । नेपाल बैंकले प्रतिकित्ता २८० रुपैयाँमा ४ अर्ब ९४ रुपैयाँको एफपीओ निष्कासन गर्ने भएको छ । उसले एफपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको छ ।

सिटिजन्स बैंकले पनि एफपीओ निष्कासन गर्न लागेको छ । सिटिजन्सले ४ लाख ६३ हजार कित्ता एफपीओ निष्कासन गर्न लागेको छ । सिवम् सिमेन्ट लिमिटेडले पनि आईपीओ निष्कासन गर्न लागेको हो । कसको कति ?

निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिनेमा अधिकाँश जलविद्युत कम्पनी छन् । स्थानीयबासिन्दालाई न्युनतम १० प्रतिशत सेयर निष्कासन गर्नुपर्ने वाध्यकारी व्यवस्था आएपछि धमाधम पब्लिक कम्पनीमा रुपान्तरण हुन थालेका छन् ।

बोर्डले आयोजना प्रभावित स्थानिबासिन्दालाई आईपीओ १० प्रतिशतसम्म निष्कासन गर्न पाउने व्यवस्था गरेको छ । सबैभन्दा बढी रकमको आईपीओ निष्कासन गर्नेमा अपर तामाकोसी र एफपीओमा नेपाल बैंक रहेको छ ।

पाइपलाईनमा एफपीओ र आईपीओ भएका कम्पनीमा सीईडीबी हाइड्रो फण्ड लिमिटेड, गज्र्याङ उपत्यका हाइड्रोपावर लिमिटेड, हिमालय ऊर्जा विकास कम्पनी लिमिटेड, सीबीआईल क्यापिटल लिमिटेड, युनिभर्सल पावर कम्पनी लिमिटेड, आँखुखोला जलविद्युत कम्पनी लिमिटेड, युनियन हाइडेल लिमिटेड, मैलुङखोला हाइड्रोपावर लिमिटेड र शिवश्री हाइड्रोपावर लिमिटेड रहेका छन् ।

निष्कासनका लागि अनुमति दिने अन्य कम्पनीमा लाफिङ बुद्धपावर लिमिटेड, युनियन हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल लिमिटेड, पञ्चकन्य हाइड्रोपावर लिमिटेड र कालिका पावर लिमिटेड रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.