सिण्डिकेटधारी यातायात व्यवसायीमाथि सरकारको पहिलो प्रहार, रत्पार्कदेखि नयाँ बसपार्कसम्म रुट इजाजत खारेज

  २०७५ वैशाख २१ गते १६:४७     खेमराज श्रेष्ठ/पृथराज थेगिम

काठमाडौं । यातायात व्यवस्था विभागले राजधानीको रत्नपार्कदेखि नयाँ वसपार्कसम्मको रुट इजाजत निलम्बन गरेको छ । राजधानीमा सबैभन्दा बढी सवारी चल्ने सो रुटमा शुक्रबार सिण्डिकेटधारी यातायात व्यवसायीले गाडी नचाएपछि विभागले पहिलो चरणमा यो सडकको रुट इजाजत निलम्बन गरेको हो ।

विभागमा दर्ता भएका सवारीसाधनले मात्र शनिबारदेखि सञ्चालन हुन पाउनेछन् । रुटमा चल्ने सबै सवारीसाधनको इजाजतपत्र रद्ध भएको विभागका सुचना अधिकृत तुल्सीराम अर्यालले बताए । उनकाअनुसार शनिबारदेखि सो रुटमा नयाँ इजाजत पाएका गाडी चल्ने छन् । २६ वटा माइक्राबसलगायत सबैको रुट इजाजत खारेज भएको छ ।

यो पनि हेर्नुहोस्

यातायात व्यवस्था विभागले भन्यो : ४ बजेसम्म विवरण संकलन, ५ बजे रुट इजाजत खारेज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.