यातायात व्यवस्था विभागले भन्यो : ४ बजेसम्म विवरण संकलन, ५ बजे रुट इजाजत खारेज

  २०७५ वैशाख २१ गते १०:४६     खेमराज श्रेष्ठ

काठमाडौं । यातायात व्यवस्था विभागले सिन्डिकेटको माग गर्दै सवारीसाधन नचलाउने यातायात व्यवसायीको तथ्याङक संकलन थालेको छ । विभागले सवारी नचलाउने व्यवसायीको रुट इजाजत खारेज गर्नका लागि विवरण संकलन थालेको हो।

यातायात व्यवस्था विभागका सूचना अधिकृत तुलसीराम अर्यालका अनुसार अहिले देशैभरी सवारी नचलाउने व्यवसायीको तथ्याङक संकलन भैरहेको छ ।

“कानूनले हामीलाई यातायात क्षेत्रमा अवरोध गर्ने व्यवसायीको रुट परमिट खारेज गर्ने अधिकार दिएको छ, आजको ४ बजेसम्म तथ्याङक संकलन गर्नेछौं, त्यसपछि तुरुन्त एक्सनमा जान्छौं,” अर्यालले विकासन्युसँग भने । उनले विवरण संकलनपछि हडताल गर्ने व्यवसायीको रुट इजाजत खारेज गर्ने स्पष्ट पारे ।

यातायात व्यवस्था विभागको साबिकमा रहेको १४ वटै यातायात कार्यालयबाट तथ्याङक संकलनको काम भैरहेको छ । ४ बजे अघिसम्म सार्वजनिक सवारी साधन तोकेको गन्तव्यमा नगुडाए व्यवसायीको रुट परमिट खारेजी हुनेछ ।

उता गृहमन्त्रालले सडकमा गुडेका सम्पुर्ण सवारीसाधनको पुर्ण सुरक्षा दिने बताएको छ । गृहले बिहानैदेखि नेपाल प्रहरी र शसस्त्रलाई सञ्चालनमा आएका सवारी सुरक्षामा खटाएको छ ।

मयुर यातायातलाई नागढुङगा, कलंकीदेखि धुलिखेलसम्म प्रहरीले स्कटिङको व्यवस्था गरेको छ । यस्तै आन्दोलनमा जाने व्यवसायीको अब पुन नविकरण नगर्ने तयारी समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.