धेरै लाभांश पाउने आशमा नेपाल लाइफको सेयरमा लगानीकर्ताकाे भीड ,२ दिनमा बढ्यो १४५ रुपैयाँ

  २०७४ पुष २४ गते १५:५२     विकासन्युज

काठमाडौं । लगानीकर्ताले धमाधम नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर किन्न थालेका छन् ।नेपाल लाइफले यो साता आकर्षक लाभांश घोषणा गर्ने बजारमा हल्ला चलेपछि लगानीकर्ता सेयर किन्न झुम्मिएका हुन् ।

आइतबार र सोमबार गरी नेपाल लाइफको सेयर प्रतिकित्ता १४५ रुपैयाँ बढेको छ । सोमबार मात्रै नेपाल लाइफको सेयर ५३ रुपैयाँ बढेको छ ।

आइतबार ९२ रुपैयाँ बढेको थियो । नेपाल लाइफले बोनस सेयर र नगद गरी न्युनतम ४० देखि ५० प्रतिशतसम्म लाभांश दिने बजार हल्लाका आधारमा लगानीकर्ताले सेयर खरिद गर्न थालेका हुन् । दुबै दिन नेपाल लाइफको सेयर बढी कारोबार भएको छ ।

सोमबार मात्र नेपाल लाइफको ८ करोड २६ लाख १७ हजार रुपैयाँको सेयर किनबेच भएको छ । आइतबार ५ करोड २७ लाख ६४ हजार रुपैयाँको सेयर किनबेच भएको थियो । बिहीबार नेपाल लाइफको सेयर १ हजार ७३० रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, नेपाल बंगलादेश बैंकको पनि धेरै सेयर कारोबार भएको छ । बैंकको प्रतिकित्ता २७५ रुपैयाँमा २ करोड ७ लाख ७४ हजार रुपैयाँको सेयर किनबेच भएको छ । एभरेष्ट बैंकको पनि सेयर किनबेचमा वृद्धि भएको छ । सोमबार एभरेष्टको सेयर १७ रुपैयाँ बढेर ८९२ रुपैयाँ पुगेको छ । सोमबार एभरेष्टको १ करोड ७० लाख ८० हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

आइतबार यस बैंकको सेयर प्रतिकित्ता ८७५ रुपैयाँमा १ करोड ९५ लाख ४७ हजार रुपैयाँको कारोबार भएको थियो । नेपाल बंगलादेश बैंक र एभरेष्टको सेयर सस्तो भएको र आगामी दिनमा बढ्ने अनुमानका आधारमा लगानीकर्ताले खरिद गरेका हुन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.