चिनीरहित डाबर “च्यवन प्रकाश” बजारमा, मोटो तथा कोलस्ट्रोलको समस्या हुनेलाई उपयुक्त

  २०७४ मंसिर २७ गते १२:२९     विकासन्युज

काठमाडौं । डाबर नेपालले नेपाली बजारमा डाबर “च्यवन प्रकाश” ल्याएको छ । चिनी बिनाको उक्त च्यवन प्रकाश क्यालोरीका बारेमा सचेत रहने ग्राहकहरूका लागि लक्षित गरी बजारमा प्रस्तुत गरिएको हो ।

शरीर मोटो हुने तथा कोलस्ट्रोलको समस्या भएका ग्राहकहरूका लागि यो उत्पादन उपयुक्त हुने कुरा कम्पनीले जनाएको छ ।

“डाबर च्यवन प्रकाशमा पनि च्यवन प्राशकै गुण रहेको छ । तर यसमा चिनी नभएका कारण स्वास्थ्यप्रति सचेत रहिरहने ग्राहक तथा डाइबिटिज लागेका बिरामीहरूलाई यो उचित छ”, डाबर नेपालका मार्केटिङ प्रमुख अभयप्रसाद गोरखालीले भने ।

साथै, ४० भन्दा बढी प्राकृतिक तत्वहरूको समिश्रणले बनेको यस च्यवन प्रकाशले रूघा–खोकी जस्ता बिमारीहरूबाट बचाई शक्ति र स्टेमिना बढाउँने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बजारमा ५०० ग्रामको उक्त डाबर च्यवन प्रकाशलाई २७५ रुपैयाँ तथा ९०० ग्रामको ४८५ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.