मेटलाइफले शुरु गर्यो नयाँ विश्वव्यापी ब्राण्ड प्लेटफर्म

  २०७४ मंसिर २४ गते १५:०४     विकासन्युज

काठमाडौं । मेटलाइफ नेपालले “मेटलाइफ तपाई संगै जीवनमा अघि बढ्दै”भन्ने नारा सहित नयाँ विश्वव्यापी ब्राण्ड प्लेटफर्मको आजबाट शुरुवात गरेको छ । यस ब्राण्डले ग्राहकहरुको जिवनकोे उतार-चढावको सारथी बन्न मेटलाइफलाई विश्वासिलो साझेदारको रुपमा खडा गरेको छ ।

दृश्यात्मक पहिचान, लोगो र नाराहरु समेत रहेको यस मेटलाइफले विश्वव्यापी ब्राण्डमा विगत ३० वर्षकै महत्वपूर्ण परिवर्तन ल्याउने कम्पनीको विश्वास रहेको छ ।

मेटलाइफले विश्वभरि ५०,००० भन्दा बढी ग्राहकहरुमाझ गरेको खोजमा एउटा विश्वव्यापी सत्य पत्ता लगाएको छ । उक्त सत्य अनुसार परिवर्तनको गतिले ग्राहकहरु प्रभावित हुन्छन् र यस्ता परिवर्तन पहिल्याउनका लागि एउटा विश्वासिलो साझेदारको खोजीमा रहन्छन् ।

मेटलाइफ बाङ्लादेश, नेपाल र म्यान्मारका अध्यक्ष मोहम्मद नुरुल इस्लाम भन्छन् “१५० वर्ष पुरानो कम्पनीको नाताले, मेटलाइफले परिवर्तनशील विश्वलाई अङ्गाली हामीले गर्दै आएको व्यवसाय र त्यसले ग्राहकहरुलाई पार्ने प्रभावको विषयमा पुनःविचार गर्दै अगाडि बढेका छाैँ । त्यसैगरी हामी परम्परागत सेवा विकास गर्नेढाँचा भन्दा फरक ग्राहकको धारणा अनुसार सेवा दिने ढाँचालाई अंगालेका छौं ।”

मेटलाइफनेपालका जनरल म्यानेजर तथा उपाध्यक्ष निर्मल काजी श्रेष्ठ भन्नुहुन्छ, “हामीले नेपालमा ग्राहकहरुको चाहाना परिपुर्ति गर्ने खालको सरल बीमा तथा सुरक्षाका उपायहरु विकास गर्नग्राहकहरुको धारणा विश्लेषण तथा संकलन गर्नका लागि यसअघि नै लगानी गरिसकेका छौं । ग्राहकहरुलाई अघि बढ्नमद्दत गर्ने विश्वासिलो साझेदार बनी परिवर्तित जीवन पहिल्याउन हाम्रो भुमिका तथा महान् उद्देश्य अभिव्यक्त गर्न हामीले हाम्रो ब्राण्ड विकसित गर्दै छौँ ।”

बिमासँग सम्बन्धित परम्परागत जटिलता हटाउन मेटलाइफले आफ्नो ग्राहक वर्गको अनुभवमा आधारभूत परिवर्तन गर्दैछ ।मेटलाइफको ब्राण्डको यो परिवर्तनले ग्राहकसंग सम्पर्क राख्ने सबै माध्यम जस्तै वेबसाइट, ग्राहक सेवा, बिक्री प्रकिया आदिमा फरक पार्दछ । यसले अझ बढी केन्द्रित र सरल अन्तरक्रिया सुनिश्चित गर्ने कम्पनीको विस्वास रहेको छ ।

मेटलाइफको नयाँ दृश्यात्मक ब्राण्ड स्वच्छ र आधुनिक सौन्दर्यमा बनेको छ । यसको आकर्षक निलो र हरियो रगंले साझेदारीको प्रतीक स्वरुप मेटलाइफको एम् बनाउँदछ । निलो रगंले मेटलाइफको विरासतलाई झल्काउँछ भने हरियो रगंले जीवन, नवीकरण र उर्जाको प्रतिनिधित्व गर्छ । मेटलाइफको नयाँ ब्रान्डले आफ्नो ग्राहकको विविधतालाई अरु उज्यालो रगंहरुद्वारा प्रतिविम्बित गर्छ । मेटलाइफले आफ्नो नयाँ ब्राण्ड २०१८ मा प्रकाशन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.