निगमकाे संचयकोषसँग १२ अर्बको ऋण सम्झौता, आज नागरिक लगानी कोषसँग हुँदै

  २०७४ जेठ २९ गते ८:१५     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमले आइतबार कर्मचारी संचयकोषसँग वार्षिक ९ प्रतिशत व्याजदर दिने गरी १२ अर्ब रुपैयाँको ऋण सम्झौता गरेको छ ।

दुई वटा लामो दुरीको गन्तव्यमा उडान गर्न सक्ने क्षमतको जहाज (वाइडवडि) खरिद गर्न निगमले दुई वटा संस्थाबाट बराबर ऋण लिने भएपनि संचयकोषसँग सम्झौता गरेको निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार आज नागरिक लगानी कोषसँग सोही अनुपातमा ऋण र व्याजदरमा ऋण सम्झौता हुँदै छ । उनका अनुसार दुबै संस्थासँग समान रकम र समान व्याजदरमा सम्झौता हुने भएपनि पहिले संचयकोषसँग भएको हो ।

त्यसपछि आज नागरिक लगानीकोषसँग सम्झोता गर्ने र तत्काल जहाज खरिद गर्ने कम्पनीलाई पहिलो किस्ता वापतको ८ अर्ब रुपैयाँ पठाउने पनि श्रेष्ठले जानकारी दिए । निगमले एयरवस कम्पनीको ए ३३० नामक २८० सिट क्षमताको जहाज खरिद गर्दै छ ।

निगमले यो जहाज किन्न गत चैत २५ गते गरेको सम्झौता अनुसार अबको एक वर्षमा नयाँ वाइडवडि जहाज पाउने भएको छ ।
२८० सिट क्षमतासम्मको यो जहाज आएपछि निगमले दशकौदेखि उडान रद्द गरेका गन्तव्यमा पुनः उडान सुरु गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.