६० स्थानमा केवलकार संभावना, रोपवे ३२ ठाउँमा

  २०७३ फागुन ४ गते १०:०२     विकासन्युज

काठमाडौं । नेपालमा कतिवटा केवलकार संचालन हुँदैछ, अनुमान लगाउँन सक्नुहुन्छ ? धेरैले भन्लान ८/१० वटा । तर, विभिन्न गाउँठाउँमा गरि ६० वटा केवलकार संचालनको लागि संम्भाव्यता अध्यययन भएको छ ।

यी मध्ये यात्रु सेवाबाहेकको सामान ढुवानी गर्ने रोपवे मात्रै ३२ स्थानमा अध्ययन भइरहको भने सबैमा सम्भाव्यता देखिएको रोपवे नेपालका अध्यक्ष गुणराज ढकालले बताए ।

केवलकार तथा रोपवेको कन्सल्यान्ट कम्पनी रोपवे नेपालले हालसम्म नेपालमा संम्भाव्यता अध्ययन भएका र निर्माण चरणमा पुगेकादेखि लगानी जुटाउनेसम्मका योजनामा कुनै नै कुनै रुपले सहयोग गरिरहेको छ ।

रोपवे नेपालले प्रारम्भिक संम्भाव्यता अध्ययनबाट केबलकार बन्ने सक्ने ठाउँको पहिचान नै ६० ठाँउमा गरको छ । यसमध्ये विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनेका केबलकारको संख्या मात्रै २ दर्जन नाघिसकेको छ । निर्माणको चरणमा रहेका र मन्त्रालयबाट अनुमति माग्ने काम्पनीको संख्या मात्रै २० वटा रहेको छ ।

केवलकार तथा रेपवेको संम्भाव्यता अध्ययनदेखि डीपीआर बनाउने र लगानी जुटाउनेसम्मको सहयोगमा रोपवे नेपालले प्रभावकारी भूमिका पनि निर्वाह गर्दै आएको छ । नेपालमा कुनै स्थानका केवलकारको संम्भाव्यता भए त्यसको अध्ययन गर्न निःशुल्कदेखि आवश्यक रकम लिनेसम्ममा सहयोग पुर्याएको ढकालले जानकारी दिए ।

नेपालमा केवलकारको राम्रो सम्भाव्यता भएको, सडक यातायातको विकल्प भएकोले उपयुक्त ठाउँमा जतिवटा बनाउनपनि पाउनुपर्छ । एउटाले निवेदन दिएपछि नै अर्कोका लागि बाटो बन्द हुने संस्कार हट्नपर्ने पनि उनको बुझाई छ । उनका अनुसार मनकामनामा आबुखैरेनीबाट, मनकामनाको विपरित इच्छाकमाना, पोखरामा सराङ्कोटमा पोखरबाट, विपरित ठाँउबाट, चन्द्रागिरिमै विपरित ठाउँबाट केवलकार संचालन गर्न दिने हो भने अझै धेरै प्रतिस्पर्धा हुन्छ ।

अन्तर्राष्ट्रिय स्तरमा भने हाइड्रोमा जस्तै जति ठाउँमा सम्भावना छ त्यति नै ठाउँमा दिन सकिने नीति हुनुपर्ने पनि रोपवे नेपालको भनाई छ । धेरैजसो रोपवे भने हाइड्रो निर्माणमा मात्रै प्रयोग हुने र सोही प्रयोजनमा निर्माण भइरहेको पनि उल्लेख छ ।

यो संस्थाका अनुसार सरकारसमक्ष निवेदनमा पुगको दुई दर्जनबाहेक धादिङको सिद्धबाबा, तनहुँको आवुखैरेनी, चितवनको दारेचोक, डोटी, लुक्लाबाट नाम्चे, साँगा, काभ्रेको पलान्चोक भवगतिसहितका दर्जनौ ठाउँमा संम्भाव्यता अध्ययन भइसकेको छ । कतिपय ठाउँको डीपीआर पनि बनेर निर्माण चरणमा गैसकेको भएपनि बाहिर भने आउन सकेको छैन । सरकारले केवलकार संचालन कार्यविधि बनाउँन लागेको छ । अहिलेको समय प्रवद्र्धन गर्ने र सहुलितय दिने बेला हो, नियमले कस्ने बेला नभएको तर्क पनि उनको छ ।

भौतिक योजना तथा निर्माण मन्त्रालयले भने १८/२० वटा मात्रैले निवेदन दिएका छन । मन्त्रालयसँग समन्वय नगरी थप केवलकार बनाउने विषयमा कुनै जानकारी छैन । मन्त्रालयका अनुसार अनुमति लिनुपर्ने र सरकारी स्वीकृति भने जुनसुकै ठाउँको पनि लिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.