भाषा सिकाइमै १६ अर्ब खर्च, वार्षिक नौ हजार भन्दा बढी पुग्छन जापान

  २०७३ भदौ १२ गते १:११     विकासन्युज

काठमाडौं १२, भदौ । जापानको सोफिया युनिभर्सिटिको सहायक प्राध्यापक मासाको तानका त्यहाँ रहेका नेपालीबारे एउटा तथ्यांक सुनेर अचम्म परिन । जब उनले उक्त तथ्यको प्रमाणिकता बुझिन । मन भरंग भयो । study-in-Japan

नेपालको राजनीतिक घटनाक्रम नजिकबाट बुझेकी तानका छक्क पर्नुको कारण थियो, द्वन्द्व सकिएपछिका वर्षमा पनि गैरकानुनी रुपमा जापान बस्ने र शरणार्थी निम्ति आवेदन दिनेको संख्या घटेको छैन । उनका अनुसार जापानमा १८ सय नेपालीले शरणार्थी बन्न आवेदन दिएका छन् ।

यो संख्या अति द्वन्द्वग्रस्त सिरियाली र अफगानी नागरिकले जापानमा मागेको शरणर्थी आवेदनभन्दा धेरै हो । नेपालबाट पनि जापानमा बर्षेनी हजारौ नेपाली जापान पुग्ने गरेका छन् ।

अधिकांश विद्यार्थी भिसामा जापान पुग्ने गरेको र प्रक्रिया अुनसार भिसा नपाए धेरैको विकल्प शरणर्थी मै आवेदन दिनु पनि हो । जापनानमा वार्षिक पूग्ने यी नेपालीले जापानी भाषा सिकाइमा मात्रै दुई वर्षमा १६ अर्ब रुपैयाँ खर्च गर्ने गरेको तथ्य सार्वजनिक भएको छ

जापानेले नेपालको शिक्षा क्षेत्र सुधारमा गर्ने वार्षिक खर्च भन्दा पनि यो धेरै हो । जापान अध्ययान गर्न जानेको संख्या वार्षिक नौ हजार नाघ्न थालेको छ । समाचार स्रोतः कान्तिपुर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.