छक्का-पञ्जा अफरको १० लाख रुपैयाँ नगद अम्बिका न्यौपानेलाई

  २०७४ कार्तिक १९ गते १८:११     विकासन्युज

काठमाडौं । दशैं, तिहार र छठपर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘आईएमई छक्का-पञ्जा’अफर अन्तर्गत नगद १० लाख रुपैयाँ नगद पप्रदान गरेको छ । उक्त १० लाख रुपैयाँ राशीको पहिलो बम्पर उपहार अम्बिका न्यौपानेलाई प्रदान गरिएको छ ।

आइएमई लिमिटेडका प्रमुख सेल्स अधिकृत रुद्रराज पौडेल र प्रवन्धक कृष्ण आचार्यले संयुक्त रुपमा १० लाख राशी बराबरको चेक न्यौपानेलाई प्रदान गरेका हुन् ।

कम्पनीका अनुसार कतारबाट नेपालमा रहेका आफन्तलाई २७ हजार ५ सय पठाउँदा थानेश्वर न्यौपानेलाई उपहार परेको थियो । सेवाग्राही थानेश्वर न्यौपानेको सिफारिसमा अम्बिका न्यौपानेलाई उक्त रकम प्रदान गरिएको हो ।

कम्पनीले हाल सम्म १६० आईएमई सेन्टरसहित ७५ जिल्लाका ६,८०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत् आफ्नो सेवा दिँदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.