एनआरएनले सप्तरीमा राहत बितरण गर्ने

  २०७४ भदौ १ गते १३:०१     विकासन्युज

काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएन) ले सप्तरीका बाढी प्रभावितलाई आपतकालिन राहत बितरण गर्ने भएको छ ।

एनआरएनका अध्यक्ष शेष घले र गृहमन्त्री जनार्दन शर्माबीच बिहीबार बिहान भएको छलफलमा यस्तो निर्णय गरेको हो । गृहमन्त्री शर्माले एनआरएनलाई सप्तरी जिल्लामा केन्द्रीत हुन आग्रह गरेको एनआरएनकी प्रवत्ता रञ्जु थापा वाग्लेले जानकारी गराइन ।
अध्यक्ष घलेले हाल राहत सामाग्री खरिदको प्रकृया चलिरहेको जानकारी दिँदै एक दुई दिनमै बितरणका लागि सप्तरी पुग्ने जानकारी

गराएका थिए । मन्त्री शर्माले प्रमुख जिल्ला अधिकारीसँगको समन्वयमा पीडितलाई राहत बितरण गर्न सुझाव दिएका छन् । अध्यक्ष घलेले सरकारको आग्रहअनुसार नै स्थानीय प्रशासनसँगको समन्वयमा प्रभावकारी राहत बितरण गरिने बताए ।

एनआरएनएले घर बगाएका पीडित परिवारलाई त्रिपाल तथा छोटो समयका लागि खाद्य सामाग्री समेत बितरण गर्ने तयारी गरेको छ । बाढीपछि फैलिनसक्ने प्रकोपलाई ध्यान दिँदै एनआरएनएले स्वास्थ्य शिविर स्थापना गर्ने जानकारी दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.