सुजुकी मोटरसाईकल एण्ड स्कुटर्सको डिलर सम्मेलन थाइल्याण्डमा सम्पन्न

  २०७४ साउन १८ गते १८:१३     विकासन्युज

काठमाडौं । नेपालको लागी सुजुकी टू ह्वीलर्सको आधिकारिक बितरकले सुजुकी मोटरसाईकल एण्ड स्कुटर्स डिलर सम्मेलन सम्पन्न गरेको छ । कम्पनीले हालै साउन ९ देखि साउन १३ गतेसम्म एशियाको गल्फ राजधानी एवं मनोहर देश थाइल्याण्डमा टू ह्वीलर्सका डिलरहरुको सम्मेलन आयोजना गरेर नयाँ र पुराना डिलरहरुसँगको सम्बन्धलाई अझ कसिलो बनाएको छ ।

वितरकहरुको सो सम्मेलन पटाया र बैंङ्ककका सुन्दर होटलहरुमा गनिने होटल सिजन पटाया र होटल सिजन सियाम बैंङ्ककमा सम्पन्न गरिएको थियो । नेपालभर रहेका सुजुकी टू ह्वीलर्सका ७० वटा शोरुमका सबै वितरकहरुको समुपस्थितिबीच उक्त सम्मेलनमा विगतका रणनीतिको समीक्षा र आगामी दिनको योजनाका सम्बन्धमा घनीभूत छलफल चलाइएको थियो भने ब्राण्डको विकास गर्ने सम्बन्धमा एक सत्रको पनि संचालन गरिएको थियो । डिलर सम्मेलनमा बेस्ट डिलर अवार्डद्वारा गत वर्षमा उत्कृष्ट कार्य गर्ने धरानका वितरक नवदुर्गा अटो प्यालेसलाई सम्मानित गरिएको थियो । सम्मेलनका सहभागी वितरकहरुले पटायाको मनभावन प्राकृतिक छटाहरु र अकल्पनीय मनोरञ्जनको पनि भरपूर आनन्द उठाएका थिए ।

भिजि अटोमोबाइल्सका सिइओ चिरञ्जिवी शाहले सम्मेलनको उद्घाटन गर्दै भने, ̎हामी भिजि अटोमोबाइल्स यस कुरामा दृढ विश्वास राख्दछौं कि हाम्रो सफलता र प्रगतिको सम्पूर्ण आधार भनेकै हाम्रा वितरकहरुको उच्च कार्य क्षमता हो । हामी र हाम्रा वितरकहरुबीचको सम्बन्ध सदैव सौहाद्रपूर्ण र घनिष्ठ रहँदै आएको छ र हामी विश्वस्त छौं कि आउँदा वर्षहरुमा पनि हाम्रो यो सम्बन्ध अझ मजबुत बन्दै जानेछ, जसबाट हामी दुवैलाई बराबर लाभ हासिल हुनेछ । हामी विश्वस्त छौं कि यो सम्मेलनले हामीहरुको सम्बन्धमा नयाँ आयाम थप्न र दिगो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । ̎

सुजुकी, जापानीज बाइकहरु निर्माणमा ख्याति कमाएको विश्वकै एक अग्रणी बाइक निर्माता हो र हाल विश्वका प्रायःजसो सबै देशहरुमा यसको उपस्थिति रहेको छ । कम्पनीसँग सबै वर्गका ग्राहकहरु अनुकूलका बाइकका व्यापक मोडलहरु रहेका छन् । सर्वाधिक पुरस्कृत सुजुकी बाइकहरु नेपालमा विभिन्न आकर्षक रङ्गहरु र विविध मुल्यमा उपलब्ध छन् । विश्वस्तरीय यी बाइकहरु नेपालमा भिजि अटोमोबाइल्सको बलियो वितरण सञ्जाल मार्फत् देशभरी नै उपलब्ध छन् । यसैगरी देशभर बिक्रीपछिको सेवा पनि प्रभावकारी रुपमा प्रदान गरिंदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.