वसन्तमय तिलोत्तमा (तस्बिरहरू)

  २०८१ वैशाख २९ गते ९:४३     विकासन्युज

रुपन्देही । तिलोत्तमा नगरपालिका नेपालकै एक नमुना नगरपालिका हो । यो देशकै उत्कृष्ट नगरपालिकाहरूमा छनोट पनि भएको थियो ।

तिलोत्तमा नगरपालिकाको भूभागमा पर्ने बुटवल–भैरहवा छ लेन सडक पनि नेपालकै नमुना सडकका रूपमा परिचित छ। हरियाली प्रवर्द्धनका कार्यक्रमले छ लेन सडकमा थप आकर्षण बढेको छ ।

सडकको दायाँ बायाँ एकनासका मझौला रुखको हरियाली, बिच डिभाइडरमा ढकमक्क फुलेको बेगनबेली फूलको सौन्दर्य । बुटवलको योगीकुटी पार गरेपछि तिलोत्तमा नगरपालिकामा प्रवेश गरेसँगै सडकको दायाँ र बायाँ दुबैतर्फ ६ मिटरको दूरीमा स्टोनिया जातका बिरुवाको हरियाली छाएको छ ।

मुख्य डिभाइडरमा तिलोत्तमा नगरपालिकाले नगरको फूल घोषणा गरेको बेगनबेली राताम्मे फुलेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गतको तिलोत्तमा सडक खण्डको १३ किलोमिटर सडकमा २५ सय बढी प्रजातिका विभिन्न फूलका बिरुवाहरू लगाइएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.