एभरेष्ट बैंकद्वारा वृद्ध आश्रमलाई सहयोग

  २०७३ पुष २५ गते १७:४०     विकासन्युज

काठमाडौं, २५ पुस । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एभरेष्ट बैंकले श्री पशुपतिनाथ मन्दिरमा अवस्थित वृद्ध आश्रमलाई जाडोको न्यानो कपडा सहयोग गरेको छ ।

everest_bank_helps_olders

मन्दिर परिसरमा भएको एक कार्यक्रममा पन्जाब नेशनल बैंकका कार्यकारी निर्देशक डा. राम. एस. साङ्गापुरे र पशुपतिनाथ क्षेत्र विकास कोषका सदस्य सचिव डा. गोविन्द टन्डनका साथ एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले जाडोको न्यानो कपडा आश्रममा रहेका वृद्धहरुलाई वितरण गरेका छन् ।

सामाजिक उत्तरदायित्व अन्तर्गत बृहत जनहितका लागि विशेषत राम्रो स्वास्थ्य, गुणस्तरीय शिक्षा, जनचेतना, पुर्वाधार लगायतका क्षेत्रमा योगदान गर्दै आएको छ । साथै बैंकले विद्यालयहरुलाई कम्प्युटर, उपकरणहरु तथा अन्य आवश्यक सामाग्री समेत प्रदान गर्दै आएको छ ।

एभरेष्ट बैंकले हाल आफ्ना ६१ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजश्व संकलन काउन्टर र ८६ एटिएम तथा बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.