सप्तकोशी डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत

  २०७७ भाद्र १० गते ३:४७       विकासन्युज


काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको बुधबार मात्रै ६ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो ।

संस्थाको ४ लाख ७२ हजार २ सय ६७ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यससँगै उक्त सेयर लगानीकर्ताको डिम्याट खातामा हस्तान्तरण हुने छ र दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।