Latest News

२०२६ पौष १७ गते ५:३०

काठमाडौं । सेयर बजार कारोबारको पहिलो दिन अर्थात आज (आइतबार) सेयर बजार १४.६७ अंकले घटेको छ । आज सेयर बजार १४.६७ अंकले घटेर २६१६.५८ अंक कायम भएको हो । आज सेयर बजारमा कुल ४२ लाख ८७ हजार ५६९ कित्ता सेयर खरिद बिक्रीबाट कुल २ अर्ब २७ करोड ४६ लाख २६ हजार रुपैयाँको कारोबार भएको छ । आज राष्ट्र उत्थान लघुवित्तमा सकारात्मक सर्किट लागेको छ भने मैलुङ खोला जलविद्युत आयोजनाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । ...

२०२६ पौष १७ गते ५:३०

काठमाडौं । मंगलबार सेयर बजार १७.१५ अंकले घटेको छ । मंगलबार सेयर बजार १७.१५ अंकले घटेर परिसुचक २६५०.९७ बिन्दु कायम भएको छ । मंगलबार २२९ कम्पनीको ६५ लाख २९ हजार २६ कित्ता सेयर खरिद बिक्रिीबाट ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार १७५ रुपैयाँको कारोबार भएको छ । आज कारोबारमा बैंकिङ समूहको ११.७८, विकास बैंक १२.९१, वित्त ११.४२, जलविद्युत ४५.३६, जीवन बीमा १०२.७४, उत्पादन तथा प्रशोधन १०४.४१, माइक्रोफाइनान्स समूहको उपसूचक ३९.४९ अंकले घटेको छ भने निर्जीबन बीमा समूहको उपसूचक ६७.३३ अंकले बढेको छ । मंगलबार इमर्जिङ नेपालको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल दुरसञ्चार कम्पनीका लगानीकर्ताले बढी नै गुमाएका छन् । इतिहासमै पहिलो पटक २० प्रतिशत सेयर र २० प्रतिशत नगद गरी ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेकै दिन सेयर मूल्य प्रतिकित्ता ८८ रुपैयाँ रुपैयाँले घटेको छ। कम्पनी...

२०७७ आषाढ़ १४ गते ११:११

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । संस्थाको सञ्चालक समितिको बैठकले हालको चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने ३ करोड ६८ लाख रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको हो । साथै, सञ्चालक समितिले कर प्रयोजनको लागि १९ लाख ३६ हजार ८ सय ४२ रुपैयाँ बराबरको नगद लाभांश सेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गरेसँगै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी ३६ करोड ८० लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस सेयर पछि संस्थाको चुक्ता पुँजी ४० करोड ४८ लाख रुपैयाँ पुग्ने छ । ...

२०७७ आषाढ़ ११ गते १:२१

काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १२ प्रतिशत बोनस पछिको सेयरको मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १ सय ६१ रुपैयाँ तोकिएको छ । यसअघि संस्थाको सेयर मूल्य प्रतिकित्ता एक सय ८० रुपैयाँ रहेको थियो । ...

२०७६ चैत्र ७ गते १२:१३

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा आरएमडीसी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको शुक्रबार ९ लाख ९९ हजार २ सय ४८ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । उक्त सेयर दोश्रो बजारमा किनबेच गर्न पाइने छ । हाल संस्थाको चुक्ता पुँजी ८९ करोड ९३ लाख २३ हजार ४ सय रुपैयाँ रहेको छ । त्यस्तै, बजार पुँजीकरण ५ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । ...

२०७६ चैत्र ४ गते ६:५६

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा एकैदिन दुई संस्थाको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार मात्रै  गणपति माइक्रोफाइनान्स वित्तीय संस्था र आईसीएफसी फाइनान्सको गरी कूल ५ लाख १५ हजार ७ सय ४६ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । जसमध्ये सबैभन्दा बढी आईसीएफसी फाइनान्सको रहेको छ । फाइनान्सको ४ लाख ४३ हजार २ सय ९६ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । त्यस्तै, गणपति माइक्रोफाइनान्सको ७२ हजार ४ सय ५० कित्ता बोनस सेयर सूचीकृत भएको छ । ...

२०७६ चैत्र ४ गते ६:३९

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले ४७ करोड ५५ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले मंगलबार(चैत ४ गते) मात्रै यस संस्थालाई सो मात्राको आइपीओ निष्काशन गर्न अनुमति दिएको हो । बोर्डले दिएको अनुमति अनुसार संस्थाले अंकित मूल्य १०० रुपैयाँको दरले ४७ लाख ५५ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । सो मात्राको आईपीओ निष्कासन गर्न संस्थाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । ...

२०७६ चैत्र ४ गते २:०६

काठमाडौं । मंगलबार नेपाल इन्स्योरेन्स कम्पनी र महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको गरी दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । यी दुई कम्पनीको बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । जसमध्ये नेपाल इन्स्योरेन्सको ५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३९६.१९ रुपैयाँ तोकिएको छ । त्यस्तै, महिला सहयात्रा लघुवित्तको १० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । जसपश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ६८२.७३ रुपैयाँ तोकिएको छ । मूल्य समायोजन पछि पहिलो कारोबारभएको मंगलबारको बजारमा दुबै संस्थाको सेयर मूल्य घटेको छ । दुई बजेसम्म नेपाल इन्स्योरेन्सको सेयर मूल्य ३० रुपैयाँले घटेर प्रतिकित्ता ३६६ रुपैयाँमा किनबेच भइरहेको छ । जुन समायोजित मूल्यको तुलनामा ७.६२ प्रतिशत कम हो । त्...

२०७६ चैत्र ३ गते १२:१२

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले स्वेडा लघुवित्त संस्थालाई प्राप्ति(एक्विजिशन) गर्ने भएको छ । सो प्रयोेजनको लागि संस्थाले आगामी चैत ७ गते देखि १७ गतेसम्म बुक क्लोज गर्न लागेको हो । मिर्मिरे लघुवित्तको संचालक समितिको बैठकले उक्त संस्था प्राप्ति गर्ने सम्बन्धि गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई संस्थाको आगामी विशेष साधारणसभाले पारित गर्ने छ । संस्थाको विशेष साधारणसभा आगामी चैत १७ गते बस्दै छ । मिर्मिरे लघुवित्तको हालको चुक्ता पुँजी १२ करोड ८७ लाख ८६ हजार ४०० रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको ४५ प्रतिशत बोनस सेयर बाहेकको चुक्ता पुँजी हो । संस्थाको गत पुस २८ गते सम्पन्न नवौं वार्षिक साधारणभाले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ४५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । ...

२०७६ फाल्गुन २७ गते ११:३४

काठमाडौं । मंगलबार मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १८.५२५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता ३९१.४८ रुपैयाँ तोकिएको छ । ...

२०७६ फाल्गुन २२ गते २:२४

काठमाडौं । बिहीबार ज्योति विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको ३९ लाख ५२ हजार ५ सय ४९ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको हो । ...