Latest News

२०७६ चैत्र १७ गते ७:४०

काठमाडौं । सेयर बजार आगामी चैत २५ गतेसम्म बन्द हुने भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को सोमबार बसेको बैठकले पुनः १८ गतेदेखि २५ गतेसम्म सेयर कारोबार स्थगन गर्ने निर्णय गरेको हो । सरकारले लकडाउनको अवधि थपेसँगै नेप्सले पनि चैत १८ गतेदेखि थप ६ कारोबार दिन अर्थात चैत २५ गतेसम्मको लागि धितोपत्र बजार बन्द गर्ने भएको हो । यसअघि नेप्सले चैत १० गतेदेखि ५ कारोबार दिन अर्थात चैत १७ गतेसम्म बजार बन्द गर्ने निर्णय गरेको थियो । कोभिड(१९को विश्वव्यापी माहामारीको कारणले परिस्थिति असहज भएकाले कारोबार प्रणाली बन्द गर्ने भएको हो । धितोपत्र दलाल व्यवसायी, लगानीकर्ता, बजार सञ्चालक एवं सम्बद्ध सबै पक्षहरुको हितलाई ध्यानमा राख्दै उक्त दिन सम्म कारोबार बन्द गर्न लागिएको नेप्सेका उप प्रबन्धक प्रविन पन्दाकले बताए । ...

२०७६ चैत्र ५ गते ४:०३

काठमाडौं । सात महिनामा धितोपत्र बजार पुँजीकरण एक खर्ब ५० अर्ब रुपैयाँले बढेको छ । गत असार मसान्तमा १५ अर्ब ६७ अर्ब रुपैयाँ रहेको बजार पुँजीकरण माघ मसान्तमा बढेर १७ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ । जुन वार्षिक विन्दुगत आधारमा २४.७ प्रतिशतको वृद्धि हो । त्यस्तै, नेप्से परिसूकमा वृद्धि भएको छ । गत असार मसान्तमा १२५९ अंकमा रहेको सूचक माघमा बढेर १३४६ अंकमा पुगेको छ । जुन एक वर्षको अवधिको तुलनामा २१८ अंक बढी हो । २०७५ माघ मसान्तमा यो सूचक ११२८.२ बिन्दुमा रहेको थियो । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले कूल २६ अर्ब २६ करोड रुपैयाँ बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले गत असारदेखि माघसम्ममा ऋणपत्र(डिबेन्चर), हकप्रद सेयर, म्यूचअल फण्ड र साधारण सेयर गरी सो मात्राको धितोपत्र जारी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई अनुमति दिएको हो । जसमध्ये स...

२०७६ चैत्र ९ गते २:५४

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो पाँचौ विशेष साधारणसभा स्थगित गरेको छ । बैंकले चैत १० गते काठमाडौंको डिल्लीबजारस्थित अमृतभोगमा गर्न लागेको उक्त विशेष साधारणसभा हाललाई स्थगित गरेको हो । विश्वभरी फैलिएको कोरोना भाइरस(कोभिड-१९)को जोखिम र नेपाल सरकारबाट जारी निर्देशन र सूचना अनुसार सार्वजनिक भेला बैठक समारोह गर्न बन्देज लगाईएकोले सो निर्देशन र सूचनाको परिपालना गर्दै उक्त सभा स्थागित भएको हो । यस बैंकको संचालक समितिको चैत ८ गते शनिवारका दिन सम्पन्न ३३० औं बैठकको निर्णय अनुसार अर्को सूचना नभएसम्मको लागि उक्त विशेष साधारण सभा हाललाई स्थगित गरिएको कुरा बैंकले जनाएको छ । यसबाट शेयरधनीहरुलाई पर्न गएको असुबिधा प्रति बैंक क्षमाप्राथि रहेको छ । बैंकले हाल आफ्ना ९४ वटा शाखा, ९४ वटा एटीएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्र...

२०७६ चैत्र ७ गते ३:१०

काठमाडौं । सेञ्चुरी कर्मसियल बैंक र अपी पावर कम्पनीको वार्षिक साधारणसभा स्थगित भएको छ । विश्वभर काेराेनाकाे त्रास बढ्दै गएका कारण यी दुबै संस्थाले एक सूचना मार्फत आ-आफ्नो साधारणसभा स्थगित गरेकाे जानकारी दिएका हुन् । सेञ्चुरी कर्मसियल बैंकले आगामी चैत १४ गते आफ्नो नवौं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको थियो । त्यस्तै, अपी पावरको पनि चैत ७ गते(आज) हुने भनिएको १६औं वार्षिक साधारणसभा स्थिगित भएको हाे । यी दुबै कम्पनीले शुक्रवार सूचना प्रकाशित गरी अर्को सूचना प्रकाशित नभएसम्मको लागि हाललाई साधारण सभा स्थगित गरिएको जानकारी दिएका हुन् । कोरोना भाइरस (कोभिड-१९) महामारीको रुपमा फैलिएकोले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको चैत ५ गते बसेको बैठकले एकै ठाउँमा २५ ज...

२०७६ चैत्र ७ गते १२:१३

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा आरएमडीसी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको शुक्रबार ९ लाख ९९ हजार २ सय ४८ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । उक्त सेयर दोश्रो बजारमा किनबेच गर्न पाइने छ । हाल संस्थाको चुक्ता पुँजी ८९ करोड ९३ लाख २३ हजार ४ सय रुपैयाँ रहेको छ । त्यस्तै, बजार पुँजीकरण ५ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । ...

२०७६ चैत्र ७ गते १०:२०

काठमाडौं । शुक्रबार एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १७.१० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ३२० रुपैयाँ तोकिएको छ । झापाको अर्नामनीमा केन्द्रिय कार्यालय रहेको यस संस्थाको चुक्ता पुँजी ६९ करोड २६ लाख ७४ हजार रुपैयाँ रहेको छ । हाल संस्थाको बजार पुँजीकरण २ अर्ब ५९ करोड ७५ लाख २७ हजार ५ सय रुपैयाँ रहेको छ । ...

२०७६ चैत्र ६ गते ४:२९

काठमाडौं । बिहीबारको सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा बिहीबारको नेप्से परिसूचक १३.५० अंकले बढेर १२६९.३० बिन्दुमा पुगेको छ । जुन १.०८ प्रतिशतको वृद्धि हो । बुधबारको तुलनामा बिहीबारको बजारमा ७२ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । बुधबार एक अर्ब १८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको बजारमा बिहीबार एक अर्ब ९० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बिहीबार सबैभन्दा बढी हिमालयन डिष्टिलरीको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ३१ करोड ३३ लाख ५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ११ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा केही समूह हरिया देखिएका छन् भने केही राताम्मे देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह १४० अंकले उकालो ला...

२०७६ चैत्र ५ गते ६:३३

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको साधारण सेयर (आईपीओ) खुलेको २ दिनमै माग भन्दा बढी आवेदन परेको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेण्ट बैंकिङका अनुसार बुधबार साँझसम्ममा २ अर्ब ४४ करोड २७ लाख रुपैयाँ बराबरको आवेदन परिसकेको छ । सो अवधिसम्ममा एक लाख ८७ हजार २ सय जनाले कूल २ करोड ४४ लाख २७ हजार कित्ताको लागि आवेदन दिइसकेका छन् । जुन कम्पनीको माग भन्दा ६२ प्रतिशत बढी हो । कम्पनीले चैत ५ गते (मंगलबार) मात्रै एक अर्ब ६० करोड रुपैयाँ बराबर अर्थात एक करोड ६० लाख कित्ता सेयर बिक्रीमा राखेको थियो । निष्कासन गरिएको पहिलो दिनमा नै २७ हजार ३५९ जना आवेदकले ४२ लाख ४० हजार २९० कित्ता सेयरकाे लागि आवेदन दिएका बिक्री प्रबन्धकले जनाएकाे छ । कम्पनीले जारी गरेकाे कूल सेयरमध्ये एक करोड ५१ लाख २६ हजार ५ सय कित्ता सेयर आम सर्वसाधारणमा बिक्रीमा राखिएकाे छ । ...

२०७६ चैत्र ५ गते ४:२९

काठमाडौं । बुधबारको सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट आएको छ । दिनभर उतारचढाव देखिएको बजारमा कारोबार बन्द हुँदा नेप्से परिसूचक १६ अंकले ओरालो लागेको छ । जुन अघिल्लो दिनको तुलनामा १.२८ प्रतिशतले घटेर १२५५.८० अंकमा अडिएको छ । त्यस्तै, कारोबार रकममा पनि कमी देखिएको छ । बजारमा कूल १७२ कम्पनीको एक अर्ब १८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनामा करिब २८ करोड रुपैयाँ घटी हो । अघिल्लो दिन (मंगलबार)को बजारमा कूल एक अर्ब ४६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । बुधबार कारोबारमा आएका १२ समूहमध्ये ट्रेडिङ समूह बाहेक बाकी समूह राताम्मे देखिएका छन् । जीवन बीमा र निर्जीवन बीमा त्रिपल डिटिज अर्थात क्रमशः १३७ र ११२ अंकले ओरालो लागेका छन् । ट्रेडिङ समूह २४ अंकले उकालो लागेको छ । बजारमा कालिका पावर कम्पनीका लगानी...

२०७६ चैत्र ४ गते ६:५६

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा एकैदिन दुई संस्थाको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार मात्रै  गणपति माइक्रोफाइनान्स वित्तीय संस्था र आईसीएफसी फाइनान्सको गरी कूल ५ लाख १५ हजार ७ सय ४६ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । जसमध्ये सबैभन्दा बढी आईसीएफसी फाइनान्सको रहेको छ । फाइनान्सको ४ लाख ४३ हजार २ सय ९६ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । त्यस्तै, गणपति माइक्रोफाइनान्सको ७२ हजार ४ सय ५० कित्ता बोनस सेयर सूचीकृत भएको छ । ...

२०७६ चैत्र ४ गते ४:२२

काठमाडौं । मंगलबारको नेप्से परिसूचक ४४.३३ अंकले घटेको छ । कारोबार शुरु भएदेखि निरन्तर ओरालो लागेको नेप्से परिसूचक बन्द हुँदा १२७२.०६ अंकमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ३.३७ प्रतिशत कमी हो । बजारमा एक अर्ब ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी एनआईसी एशिया बैंकको १० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, एनएमबी बैंकको ९ करोड १६ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । मंगलबार कारोबारमा आएका मध्ये म्युचअल फण्ड समूह बाहेक सबै समूह राताम्मे देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा ४२६ अंकले ओरालो लागेको छ । त्यस्तै, निर्जीवन बीमा ३३८ र उत्पादनमूलक समूह ११५ अंकले ओरालो लागेका छन् भने बाँकी समूह दोहोरो अंकले घटेका छन् । मंगलबार शिखर इन्स्योरेन्स कम्पनीको सेयर मूल्य सबैभन्दा बढी अर्थात १० प्रतिशतले घटेको छ । उता कमाउ...