अपडेटः नेप्से परिसूचक ७ महिना यताकै उच्च बिन्दुमा, पार गर्याे १६०० अंक

  २०७७ असोज २१ गते २:४४       विकासन्युज


काठमाडौं । बुधबारको नेप्से परिसूचकले १६ सय अंक नाघेको छ । जुन गत ७ महिना यताकै उच्च बिन्दुमा हो ।

दिउँसो करिब पौने ३ बजेतिर परिसूचक १३.८० अंकले बढेर १६००.०९ अंकमा पुगेको छ । गत फागुन १८ गते नेप्से परिसूचक १६२० अंकमा पुगेको थियो । त्यसयता कारोबारमा परिसूचकले १६०० अंक पार गरेको थिएन ।

यो समाचार तयार पर्दासम्म २ अर्ब ९१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो अवधिमा १९४ कम्पनीको एक करोड १२ लाख ६१ हजार कित्ता सेयर किनबेच भएका छन् ।