Latest News

२०२६ पौष १७ गते ५:३०

काठमाडौं । सेयर बजार कारोबारको पहिलो दिन अर्थात आज (आइतबार) सेयर बजार १४.६७ अंकले घटेको छ । आज सेयर बजार १४.६७ अंकले घटेर २६१६.५८ अंक कायम भएको हो । आज सेयर बजारमा कुल ४२ लाख ८७ हजार ५६९ कित्ता सेयर खरिद बिक्रीबाट कुल २ अर्ब २७ करोड ४६ लाख २६ हजार रुपैयाँको कारोबार भएको छ । आज राष्ट्र उत्थान लघुवित्तमा सकारात्मक सर्किट लागेको छ भने मैलुङ खोला जलविद्युत आयोजनाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । ...

२०२६ पौष १७ गते ५:३०

काठमाडौं । मंगलबार सेयर बजार १७.१५ अंकले घटेको छ । मंगलबार सेयर बजार १७.१५ अंकले घटेर परिसुचक २६५०.९७ बिन्दु कायम भएको छ । मंगलबार २२९ कम्पनीको ६५ लाख २९ हजार २६ कित्ता सेयर खरिद बिक्रिीबाट ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार १७५ रुपैयाँको कारोबार भएको छ । आज कारोबारमा बैंकिङ समूहको ११.७८, विकास बैंक १२.९१, वित्त ११.४२, जलविद्युत ४५.३६, जीवन बीमा १०२.७४, उत्पादन तथा प्रशोधन १०४.४१, माइक्रोफाइनान्स समूहको उपसूचक ३९.४९ अंकले घटेको छ भने निर्जीबन बीमा समूहको उपसूचक ६७.३३ अंकले बढेको छ । मंगलबार इमर्जिङ नेपालको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल दुरसञ्चार कम्पनीका लगानीकर्ताले बढी नै गुमाएका छन् । इतिहासमै पहिलो पटक २० प्रतिशत सेयर र २० प्रतिशत नगद गरी ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेकै दिन सेयर मूल्य प्रतिकित्ता ८८ रुपैयाँ रुपैयाँले घटेको छ। कम्पनी...

२०७६ चैत्र ९ गते २:५४

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो पाँचौ विशेष साधारणसभा स्थगित गरेको छ । बैंकले चैत १० गते काठमाडौंको डिल्लीबजारस्थित अमृतभोगमा गर्न लागेको उक्त विशेष साधारणसभा हाललाई स्थगित गरेको हो । विश्वभरी फैलिएको कोरोना भाइरस(कोभिड-१९)को जोखिम र नेपाल सरकारबाट जारी निर्देशन र सूचना अनुसार सार्वजनिक भेला बैठक समारोह गर्न बन्देज लगाईएकोले सो निर्देशन र सूचनाको परिपालना गर्दै उक्त सभा स्थागित भएको हो । यस बैंकको संचालक समितिको चैत ८ गते शनिवारका दिन सम्पन्न ३३० औं बैठकको निर्णय अनुसार अर्को सूचना नभएसम्मको लागि उक्त विशेष साधारण सभा हाललाई स्थगित गरिएको कुरा बैंकले जनाएको छ । यसबाट शेयरधनीहरुलाई पर्न गएको असुबिधा प्रति बैंक क्षमाप्राथि रहेको छ । बैंकले हाल आफ्ना ९४ वटा शाखा, ९४ वटा एटीएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्र...

२०७६ चैत्र २ गते २:२४

काठमाडौं । देवः विकास बैंकले सेयरधनीलाई बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षकाे नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८.५५ प्रतिशत बोनस दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव फागुन ३० गते बसेको विकास बैंक सञ्चालक समितिको बैठकले गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको बोनस पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी ३ अर्ब १७ करोड ७१ लाख ९ सय २७ रुपैयाँ रहेको छ । ८.५५ प्रतिशत बोनस पछि बैंकको चुक्ता पुँजी ३ अर्ब ४४ करोड रुपैयाँ पुग्ने छ । ...

२०७६ फाल्गुन ३० गते ७:२३

काठमाडौं । शुक्रबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा दुई संस्थाको सेयर मूल्य समायोजन भएको छ । सेञ्चुरी कमर्सियल बैंक र वोमी वित्तीय संस्थाको बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । जसमध्ये सेञ्चुरी बैंकको २ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको छ । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १७७.४५ रुपैयाँ तोकिएको छ । त्यस्तै, वोमी माइक्रोफाइनान्सको २५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन छ । यससँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ८५६ रुपैयाँ तोकिएको छ । ...

२०७६ फाल्गुन २२ गते ४:२४

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले सहयोगी विकास बैंकलाई प्राप्ति(एक्विजिसन) गर्ने विशेष प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न बैंकले आगामी चैत १० गते विशेष साधारणसभा डाकेको छ । उक्त विशेष साधारणसभा सो दिन दिउँसो काठमाडौंको डिल्लीबजारस्थित अमृत भोगमा बस्ने भएको छ । फागुन २१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सो दिन विशेष साधारणसभा डाक्ने निर्णय गरेको हो । सो प्रयोजनको लागि चैत १ गते(एकदिन) बैंकको बुक क्लोज हुने छ । यी दुई संस्था सेयर मूल्य अनुपात(स्वाप रेसियो) १ः९१.७५ मा एक्विजिशन हुन लागेका हुन् । यसको अर्थ सहयोगी विकास बैंकको १०० कित्ता सेयर हुनेले एक्जिजिसन पश्चात सिटिजन्स बैंकको ९१.७५ कित्ता सेयर पाउने छन् । हाल सिटिजन्स बैंकको चुक्ता पुँजी ८ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । सहयोगी विकास बैंकलाई प्राप्ती पश्चात बैंकको जारी तथा चुक्त...

२०७६ फाल्गुन २२ गते १:२५

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आगामी चैत १४ गते आफ्नो नवौं वार्षिक साधारणसभा(एजीएम)को मिति तोकेको छ । उक्त सभा सो दिन बिहान ११ बजे भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बस्न लागेको हो । सभामा जाने प्रयोजनको लागि फागुन ३० गते बैंकको सेयर कारोबार बन्द गर्ने निर्णय भएकाे छ । सो निर्णय फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो । सभाले सेयरधनीलाई बोनस र नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्ने छ । कम्पनीले सेयरधनीलाई १६ करोड ८३ लाख ९ हजार ४ सय २३ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । साथै, कम्पनीले हालको चुक्ता पुँजीको ४.७५ प्रतिशत नगद लाभांश(कर सहित) वितरण गर्ने प्रस्ताव गरको छ । हाल कम्पनीको चुक्ता पुँजी ८ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस सेयर पछि बैंकको चुक्ता पुँजी ८ अर्ब ५८ करोड रुपैया...

२०७६ पौष ८ गते १२:५२

काठमाडौं । सिन्धु विकास बैंकको वार्षिक साधारणसभा(एजीएम) पुस २९ गते हुने भएको छ । संस्थाकाे एजीएम साे दिन मंगलबार सिन्धुपाल्चोककाे  बार्हबिसेस्थित सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको सभा हलमा बस्न लागेकाे हाे । सभामा जाने प्रयोजनका लागि संस्थाकाे पुस १६ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज हुने भएकाे छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले बुक क्लाेज र साधारणसभाकाे मिति ताेकेकाे हाे । सभाले शेयरधनीलाई ११.५१ प्रतिशत बोनश शेयर दिने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्दै छ । साथै, कर प्रयोजनको लागि हालको चुक्ता पुँजीको ०.५७५६ प्रतिशत अर्थात २८ लाख ७८ हजार ६३४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने सामान्य प्रस्तावलाई स्वीकृत गर्ने छ । हाल संस्थाको चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको छ । ...

२०७६ मार्ग २६ गते १:५६

काठमाडौं । बिहीबार नेपाल बङ्गलादेश बैंकको शेयर मूल्य समायोजन भएको छ । बैंकको ५ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको शेयर मूल्य प्रतिकित्ता १९५.२४ रुपैयाँ रहेको छ । समायोजन पछि बिहीबार भएको कारोबारमा बैंकको शेयर मूल्य ओरालो लाग्ने क्रममा रहेको छ । करिब २ बजे बैंकको शेयर मूल्य २.२४ रुपैयाँले घटेर प्रतिकित्ता १९३ रुपैयाँमा कारोबार भइरहेको छ । ...

२०७६ मार्ग २५ गते १२:४०

काठमाडौं । एनएमबि बैंकको आगामी पुस ४ गतेदेखि बुक क्लोज हुने भएको छ । बैंकले साधारणसभामा जाने प्रयोजनको लागि सो दिनदेखि पुस २४ गतेसम्म बुक क्लोज गर्न लागेको हो । बैंकको वार्षिक साधारणसभा आगामी पुस २४ गते बिहीबार बिहान १० बजे काठमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा बस्दै छ । सभाले २१ प्रतिशत बोनस र कर प्रयोजन सहित १४ प्रतिशत नगद लाभांश दिने कम्पनी सञ्चालक समितिको प्रस्तावलाई अनुमोदन गर्ने छ । सभाले पारित गरेसँगै बैंकका शेयरधनीले हालको चुक्ता पुँजीको सो मात्राको लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पुँजी ११ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । ...

२०७६ मार्ग १७ गते १:५२

काठमाडौं । मंगलबार तीन कम्पनीको कूल एक करोड २१ लाख ७९ हजार ३२१ कित्ता शेयर सूचीकृत भएको छ । सो दिन नागरिक लगानी कोष र माछापुच्छ्रे बैंकको बोनस शेयर र मुक्तिनाथ विकास बैंकको हकप्रद शेयर गरी सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको हो । नागरिक लगानी कोषको २४ लाख २५ हजार १७४ कित्ता बोनस शेयर सूचीकृत भएको छ । त्यस्तै, माछापुच्छ्रे बैंकको ४० लाख २७ हजार ८४७ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । त्यसैगरी, मुक्तिनाथ विकास बैंकको ५७ लाख २६ हजार ३०० कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । ...