Latest News

२०७७ श्रावण २५ गते ३:२७

काठमाडौं । आइतबारको नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । दिनभरको कारोबारमा उतारचढाव देखिएको परिसूचक अन्ततः ११.३० अंकले बढेर १३९२ अंकमा पुगेको छ । जुन पछिल्लाे काराेबारकाे तुलनामा ०.८२ प्रतिशतले बढी हो । त्यस्तै, क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.४६ अंकले बढेर २९१ अंकमा पुगेको छ । बजारमा कूल ९१ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन एक सय ८७ कम्पनीको ३० लाख ३० हजार कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी अजोड इन्स्योरेन्सको कारोबार भएको छ । कम्पनीको कूल ९ करोड २० लाख कित्ता सेयर किनबेच भएको हो । आइतबारको बजारमा हालै नेप्सेमा सूचीकृत भएका दुई नयाँ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । अजोड इन्स्योरेन्स र साधना लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य क्रमशः ९.८८ र ९.८२ प्रतिशतले बढेर सर्किट ला...

२०७७ श्रावण २२ गते १२:२६

काठमाडौं । सोल्टी होटलको एक करोड ९ लाख ९० हजार ४ सय ३६ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । होटलको बिहीबार मात्रै सो मात्रा अर्थात १५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । हाल कम्पनीको चुक्ता पुँजी ८४ करोड २५ लाख रुपैयाँ रहेको छ । यो समाचार तयार पार्दासम्म बिहीबारको बजारमा कम्पनीको सेयर मूल्य २ रुपैयाँले बढेर प्रतिकित्ता एक सय ५६ रुपैयाँ पुगेको छ । ...

२०७७ श्रावण १९ गते ३:३२

काठमाडौं । सोमबारको सेयर बजारमा सबैभन्दा बढी प्रभु बैंकको संस्थापक(प्रमोटर) सेयर किनबेच भएको छ । बैंकको ३४ करोड २९ लाख रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएको हो । जसको सेयर मूल्य प्रतिकित्ता एक सय २२ रुपैयाँ रहेको छ । बैंकले आजमात्र कूल २० लाख कित्ता अर्थात २ अर्ब रूपैयाँ बराबरकाे डिबेन्चर (ऋणपत्र)को बिक्रीमा राखेकाे छ । बजारमा कूल एक अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । एक सय ९० कम्पनीको सेयर किनबेच भएको बजारमा ५३ लाख ४२ हजार ८ सय ५१ कित्ता सेयर किनबेच भएको छ । सोमबारको सेयर बजारमा तीन कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले बढेको छ । अजोड इन्स्योरेन्स, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था र नेपाल फाइनान्सको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । जसमध्ये सबैभन्दा बढी अजोड इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३ सय ...

२०७७ श्रावण १८ गते ४:५०

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । संस्थाको आइतबार मात्रै कूल ४ लाख ४३ हजार कित्ता(२१.१० प्रतिशत) बाेनस सेयर नेप्सेमा सूचीकृत भएको हो । झापाको बिर्तामोडमा केन्द्रिय कार्यालय रहेको यस संस्थाको हाल २५ करोड ४३ लाख रुपैयाँ चुक्ता पुँजी रहेकाे छ । पछिल्लो समय संस्थाको सेयर प्रतिकित्ता ७ सय ७५ रुपैयाँमा कारोबार भएको थियो । ...

२०७७ श्रावण १८ गते ३:३५

काठमाडौं । आइतबारको नेप्से परिसूचक ४२.७८ अंकले घटेको छ । कारोबार शुरु भएदेखि निरन्तर ओरालो लागेको परिसूचक २.९७ प्रतिशतले घटेर १३९६ अंकमा झरेको छ । त्यस्तै, ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सिेटिभ इन्डेक्ट पनि ८.१८ अंकले घटेर २ सय ९२ अंकमा झरेको छ । साताको पहिलो कारोबारमा बीमा समूहमा भारी गिरावट आएको छ । सबैभन्दा बढी जीवन बीमा २ सय ८३ अंकले ओरालो लागेको छ । त्यस्तै, निर्जीवन बीमा २ सय ३१ अंकले घटेको छ । सो दिन कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । म्युचअल फण्ड समूह सामान्य अंकले घटेको छ भने बाँकी समूह दोहोरो अंकले ओरालो लागेका छन् । आइतबार सबैभन्दा बढी जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले ९.७२ प्रतिशत गुमाएका छन् । बजारमा कूल एक सय ८९ कम्पनीको ४६ लाख ६१ हजार ६ सय ८ कित्ता सेयर एक अर्ब ८४ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा बढी न...

२०७७ श्रावण १५ गते ३:२८

काठमाडौं । बिहीबारको सेयर बजारमा हरियाली छाएको छ । दुई दिन निरन्तर ओरालो लागेको बजार आज (साउन १५ गते) ७ अंकले उकालो लागेर १४३९ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०।५३ प्रतिशतको वृद्धि हो । बजारमा कूल एक अर्ब ३२ कम्पनीको सेयर कारोबार भएको छ । एक सय ८९ कम्पनीको ३४ लाख ३० हजार ५ सय ३२ कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी पुनर्बीमा कम्पनीको सेयर किनबेच भएको छ । कम्पनीको २२ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ५ सय ९९ रुपैयाँ पुगेको छ । बजारमा कारोबारमा आएका सबै समूह हरिया देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ५५ अंकले बढेको छ । त्यस्तै, निर्जीवन बीमा समूह ५०.४६ अंकले बढेको छ । बिहीबार ९ कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले बढेको छ । सबैभन्दा बढी खानीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशत...

२०७७ श्रावण १४ गते ३:२७

काठमाडौं । बुधबारको नेप्से परिसूचक २३.३६ अंकले घटेको छ । जुन अघिल्लो दिनको तुलनामा १.६१ प्रतिशतले घटेर १४३१ अंकमा पुगेको छ । बजारमा कूल एक अर्ब ६८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । दिनभर एक सय ८७ कम्पनीको ३८ लाख ३९ हजार ६ सय ७१ कित्ता सेयर सो मात्रामा कारोबार भएको हो । जसमध्ये सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको सेयर किनबेच भएको छ । कम्पनीको १५ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ५ सय ८४ रुपैयाँ पुगेको छ । दाेहाेराे अंकले घटेकाे बजारमा कारोबार आएका सबै समूह राताम्मे देखिएका छन् । जीवन बीमा समूह सबैभन्दा बढी १९० अंकले घटेको छ । त्यस्तै, निर्जीवन बीमा १५९, होटल ५९, माइक्रोफाइनान्स ५५, उत्पादनमूलक ४९, बैंकिङ र विकास बैंक २१ अंकले घटेको छ । ...

२०७७ श्रावण १४ गते ११:५४

काठमाडौं । मेगा बैंकको पौने तीन करोड कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । गण्डकी विकास बैंकलाई प्राप्ती गरेपश्चात बैंकको २ करोड ७५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ती (एक्विजिशन) गरि गत असार २१ गतेदेखि एकीकृत कारोबार शुरु गरेको हो । गत असार १० गते नेपाल राष्ट्र बैंकबाट गण्डकी विकास बैंकलाई प्राप्ती गर्न अन्तिम स्वीकृति पाएको मेगा बैंकले ‘मेगा बैंक नेपाल लिमिटेड’को नामबाट एकीकृत कारोबार सञ्चालन गरेको हो । ...

२०७७ श्रावण १३ गते ३:२४

काठमाडौं । मंगलबारको बजारमा एक करोड २५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा एक सय ८५ कम्पनीको ३२ लाख ४७ हजार कित्ता सेयर उक्त रुपैयाँमा किनबेच भएको हो । जसमध्ये सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको १० करोड ३५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ५ सय ६६ रुपैयाँ रहेको छ । बजारमा दुई कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले बढेको छ । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य क्रमशः ९.९४ र ९.०९ प्रतिशतले बढेको छ । मंगलबारको सेयर बजार ७.५९ अंकले घटेर १४५४ अंकमा झरेको छ । जुन सोमबारको तुलनामा ०.५२ प्रतिशतले घटी हो । बजारमा म्युचअल फण्ड र फाइनान्स समूह बाहेक कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । निर्जीवन बीमा समूह सबैभन्दा बढी ५...