नेप्सेले खारेज गर्यो एनआईडिसी डेभलपमेन्ट बैंकको धितोपत्र सूचीकरण

  २०७७ श्रावण २६ गते ४:१९       विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) एनआईडिसी डेभलपमेन्ट बैंकको धितोपत्र सूचीकरण खारेज गरेको छ । राष्ट्रिय वाणिज्य बैंकमा विलय भई एकिकृत कारोबार शुरु भइसकेकाले यस बैंक अस्तित्वमा नरहेकोले नेप्सेले धितोपत्र सूचीकरण खारेज गरेको हो ।

कुनै सूचीकृत संगठित संस्था गाभिएर, खरिद वा विलय भएर अस्तित्वमा नरहेमा सूचीकरण खारेज गर्न सक्ने कानूनी व्यवस्था भएकोले नेप्सेले उक्त निर्णय गरेको हो ।

एनआईडिसी डेभलपमेन्ट बैंकलाई राष्ट्रिय वाणिज्य बैंकले प्राप्ति गर्ने समझदारी पश्चात यस बैंकको २०७४ साल भदौ १२ गतेदेखि दोश्रो बजारमा कारोबार स्थगन भएको थियो । त्यसपछि बैंक राष्ट्रिय वाणिज्य बैंकमा विलय भई दुबैको २०७५ साल बैशाख १९ गतेदेखि एकीकृत कारोबार भएको थियो ।