Latest News

२०२६ पौष १७ गते ५:३०

काठमाडौं । सेयर बजार कारोबारको पहिलो दिन अर्थात आज (आइतबार) सेयर बजार १४.६७ अंकले घटेको छ । आज सेयर बजार १४.६७ अंकले घटेर २६१६.५८ अंक कायम भएको हो । आज सेयर बजारमा कुल ४२ लाख ८७ हजार ५६९ कित्ता सेयर खरिद बिक्रीबाट कुल २ अर्ब २७ करोड ४६ लाख २६ हजार रुपैयाँको कारोबार भएको छ । आज राष्ट्र उत्थान लघुवित्तमा सकारात्मक सर्किट लागेको छ भने मैलुङ खोला जलविद्युत आयोजनाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । ...

२०२६ पौष १७ गते ५:३०

काठमाडौं । मंगलबार सेयर बजार १७.१५ अंकले घटेको छ । मंगलबार सेयर बजार १७.१५ अंकले घटेर परिसुचक २६५०.९७ बिन्दु कायम भएको छ । मंगलबार २२९ कम्पनीको ६५ लाख २९ हजार २६ कित्ता सेयर खरिद बिक्रिीबाट ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार १७५ रुपैयाँको कारोबार भएको छ । आज कारोबारमा बैंकिङ समूहको ११.७८, विकास बैंक १२.९१, वित्त ११.४२, जलविद्युत ४५.३६, जीवन बीमा १०२.७४, उत्पादन तथा प्रशोधन १०४.४१, माइक्रोफाइनान्स समूहको उपसूचक ३९.४९ अंकले घटेको छ भने निर्जीबन बीमा समूहको उपसूचक ६७.३३ अंकले बढेको छ । मंगलबार इमर्जिङ नेपालको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल दुरसञ्चार कम्पनीका लगानीकर्ताले बढी नै गुमाएका छन् । इतिहासमै पहिलो पटक २० प्रतिशत सेयर र २० प्रतिशत नगद गरी ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेकै दिन सेयर मूल्य प्रतिकित्ता ८८ रुपैयाँ रुपैयाँले घटेको छ। कम्पनी...

२०७६ वैशाख ४ गते ४:००

काठमाडौं । सिद्धार्थ बैंकले जारी गरेको ‘१०.५ प्रतिशत एसबीएल ऋणपत्र २०८२’ नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा सूचिकृत भएको छ । उक्त ऋणपत्र सूचिकृत भएसँगै बोण्डधनीहरुले ‘९ प्रतिशत एसबीएल ऋणपत्र २०८२’ को २१ लाख ६२ हजार ५५९ कित्ता धितोपत्र बजारमा कारोबार गर्न सक्ने भएका छन् । त्यस्तै, नेप्सेमा सानिमा बैंकले जारी गरेको ‘१० प्रतिशत सानिमा ऋणपत्र २०८५’ सूचिकृत भएको छ । यससँगै कम्पनीका बोण्डधनीहरुले ‘१० प्रतिशत सानिमा ऋणपत्र २०८५’ को १३ लाख ५४ हजार ७१२ कित्ता धितोपत्र बजारमा कारोबार गर्न सक्नेछन् ।   साथै, यी दुई कम्पनीहरुको गरी कुल ३५ लाख १७ हजार २७१ कित्ता ऋणपत्र सोमबार नेप्सेमा थपिएको हो । ...