दुई लघुवित्तको बोनस सेयर सूचीकृत

  २०७७ भाद्र २३ गते १२:३६       विकासन्युज

काठमाडौं । मंगलबार दुई लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । नेप्सेमा एकैदिन सिभिल लघुवित्त वित्तीय संस्था र सपोर्ट लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।

जसमध्ये सिभिल लघुवित्तको ५ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । लघुवित्तको ५७ हजार ५७ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो ।

त्यस्तै, सपोर्ट लघुवित्तको १० प्रतिशत अर्थात ६० कित्ता बोनस सेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै, यी दुई लघुवित्तको बोनस सेयर सेयरधनीको खातामा हस्तान्तरण हुने छ र त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पनि पाइने छ ।

मंगलबार यो समाचार तयार पर्दासम्म सिभिल लघुवित्तको सेयर ९ रुपैयाँले घटेर प्रतिकित्ता ६ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, सपोर्ट लघुवित्तको सेयर प्रतिकित्ता ८ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । जुन अघिल्लो दिनको तुलनामा १६ रुपैयाँ घटी हो । सोमबार संस्थाको सेयर मूल्य प्रतिकित्ता ८ सय ६६ रुपैयाँ थियो ।