Latest News

२०२६ पौष १७ गते ५:३०

काठमाडौं । सेयर बजार कारोबारको पहिलो दिन अर्थात आज (आइतबार) सेयर बजार १४.६७ अंकले घटेको छ । आज सेयर बजार १४.६७ अंकले घटेर २६१६.५८ अंक कायम भएको हो । आज सेयर बजारमा कुल ४२ लाख ८७ हजार ५६९ कित्ता सेयर खरिद बिक्रीबाट कुल २ अर्ब २७ करोड ४६ लाख २६ हजार रुपैयाँको कारोबार भएको छ । आज राष्ट्र उत्थान लघुवित्तमा सकारात्मक सर्किट लागेको छ भने मैलुङ खोला जलविद्युत आयोजनाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । ...

२०२६ पौष १७ गते ५:३०

काठमाडौं । मंगलबार सेयर बजार १७.१५ अंकले घटेको छ । मंगलबार सेयर बजार १७.१५ अंकले घटेर परिसुचक २६५०.९७ बिन्दु कायम भएको छ । मंगलबार २२९ कम्पनीको ६५ लाख २९ हजार २६ कित्ता सेयर खरिद बिक्रिीबाट ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार १७५ रुपैयाँको कारोबार भएको छ । आज कारोबारमा बैंकिङ समूहको ११.७८, विकास बैंक १२.९१, वित्त ११.४२, जलविद्युत ४५.३६, जीवन बीमा १०२.७४, उत्पादन तथा प्रशोधन १०४.४१, माइक्रोफाइनान्स समूहको उपसूचक ३९.४९ अंकले घटेको छ भने निर्जीबन बीमा समूहको उपसूचक ६७.३३ अंकले बढेको छ । मंगलबार इमर्जिङ नेपालको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल दुरसञ्चार कम्पनीका लगानीकर्ताले बढी नै गुमाएका छन् । इतिहासमै पहिलो पटक २० प्रतिशत सेयर र २० प्रतिशत नगद गरी ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेकै दिन सेयर मूल्य प्रतिकित्ता ८८ रुपैयाँ रुपैयाँले घटेको छ। कम्पनी...

२०७७ आषाढ़ ८ गते २:४८

काठमाडौं । सोमबार लुम्बिनी जनरल इन्स्योरेन्सको मूल्य समायोजन भएको छ । कम्पनीको ८.१२५ प्रतिशत बोनस पछिको सेयर मूल्य नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा समायोजन भएको हो । मूल्य समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३ सय ४६ रुपैयाँ तोकिएको छ । काठमाडौंको ज्ञानेश्वरमा केन्द्रिय कार्यालय रहेको इन्स्योरेन्सकोे चुक्ता पुँजी एक अर्ब १४ करोड रुपैयाँ रहेको छ । कम्पनीको कूल एक करोड १४ लाख १८ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत रहेको छ । ...

२०७६ चैत्र ९ गते १:२१

काठमाडौं । नेको इन्स्योरेन्सको प्रस्तावित नगद लाभांश शंसोधन भएको छ । बीमा समितिले कम्पनीको ८.४२ प्रतिशत नगद लाभांश प्रस्तावलाई शंसोधन गरी कर सहित ८.१६ प्रतिशतमा झारेको हो । यससँगै कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट ८.१६ प्रतिशत नगद लाभांश पाउने छन् । कम्पनीको आगामी वार्षिक साधारणसभा आगामी वैशाख १ गते(सोमबार) हुने भएको छ । सो प्रयोजनको लागि इन्स्योरेन्सले चैत २४ गतेदेखि आगामी वैशाख १ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ३१ करोड ७४ लाख रुपैयाँ रहेको छ । कम्पनीले सेयरधनीलाई १० करोड ७४ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न लागेको हो । जसमा कर प्रयोजनको लागि ५३ लाख ७३ हजार ७ सय ३५ रुपैयाँ छुट्याइएको छ । ...

२०७६ चैत्र ४ गते १:३७

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको आगामी चैत १३ गतेदेखि बुक क्लोज हुने भएको छ । कम्पनीले साधारणसभामा जाने प्रयोजनको लागि सो दिनदेखि चैत २८ गतेसम्म बुक क्लोज गर्न लागेको हो । कम्पनी आगामी चैत २८ गते आफ्नो १८औं वार्षिक साधारणसभा बस्दै छ । उक्त सभा सो दिन बिहान ११ बजे काठमाडौंको कमल पोखरीस्थित अग्रवाल सेवा केन्द्रको भवनमा बस्ने भएको छ । सभामा कम्पनीले नगद लाभांश, बोनस र हकप्रद सेयर जस्ता विशेष प्रस्तावहरु केही पनि लैजाने घोषणा गरेको छैन । ...

२०७६ फाल्गुन २७ गते १:०४

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई १२.५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । संस्थाले आर्थिक वर्ष २०७४/७५ को लागि चुक्ता पुँजीको सो मात्राको सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ । १२.५ प्रतिशतका दरले कम्पनीले २५ करोड ९ लाख ९२ हजार ४ सय २२ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । साथै, संस्थाले कर प्रयोजनको लागि एक करोड ३२ लाख १० हजार १ सय २८ रुपैयाँ बराबरको नगद लाभांश घोषणा गरेको छ । उक्त प्रस्ताव फागुन २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । १२.५ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी २ अ...

२०७६ फाल्गुन २३ गते ३:५०

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको आगामी चैत ४ गतेदेखि १८ दिन बुक क्लोज हुने भएको छ । कम्पनीले साधारणसभामा जाने प्रयोजनको लागि सो दिनदेखि चैत २१ गतेसम्म बुक क्लोज गर्न लागेको हो । कम्पनीको ७१औं वार्षिक साधारणसभा चैत २१ गते सिनामङ्गलस्थित एयरपोर्ट होटलमा बिहान ११ बजे बस्दै छ । सभामा कम्पनीले सेयरधनीलाई ७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदै छ । कम्पनीले हालको चुक्ता पुँजीको ५ प्रतिशत बोनस र कर सहित २.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले पारित गरेसँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट सो मात्राको लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ९ करोड रुपैयाँ पुग्ने छ । ५ प्रतिशत बोनस सेयर पछि इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब १५ करोड रुपैयाँ नाघ्ने छ । ...

२०७६ फाल्गुन २२ गते १२:४०

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको आज (फागुन २२ गते)देखि हकप्रद बिक्री खुला भएको छ । कम्पनीले चुक्ता पुँजीको ६० प्रतिशत हकप्रद सेयर बिहीबारदेखि बिक्रीमा राखेको हो । हाल कम्पनीको चुक्ता पुँजी ६४ करोड ४ लाख ६ हजार २ सय ५० रुपैयाँ रहेको छ । जसको ६० प्रतिशतका दरले कूल ३८ करोड ४२ लाख ४३ हजार ७ सय ५० रुपैयाँ बराबरको हकप्रद सेयर बिक्रीमा रहेकाे छ । कम्पनीको अंकित रुपैयाँ १०० दरको ३८ लाख ४२ हजार ४३७ कित्ता हकप्रद सेयरमा निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । इच्छुक सेयरधनीले आजदेखि आगामी चैत १२ गतेसम्म उक्त हकप्रदमा आवेदन दिन पाउनेछन् । उक्त हकप्रदको लागि इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड थ्री’ रेटिङ प्रदान गरेको छ । जसले औसत आधार जनाउँछ । ६० प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब २ करोड ४६ लाख ५० हजा...

२०७६ फाल्गुन १३ गते १२:०८

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको आगामी फागुन २२ गते बुक क्लोज हुने भएको छ । कम्पनीले हकप्रद सेयर जारी गर्नको लागि उक्त एक दिन बुक क्लोज गर्न लागेको हो । कम्पनीले हालको चुक्ता पुँजीको १०० प्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्दै छ । हाल कम्पनीको चुक्ता पुँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ८७ करोड ७० लाख रुपैयाँ नाघ्ने छ । कम्पनीको ९औं वार्षिक साधारणसभाले इन्स्योरेन्सको १०० प्रतिशत हकप्रद सेयर प्रस्तावलाई पारित गरेको थियो । ...

२०७६ फाल्गुन १२ गते १२:४९

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले लगानीकर्तालाई निराश बनाएकाे छ । कम्पनीले गत आर्थिक वर्षको लाभांश नदिने घाेषणा गरेसँगै इन्स्योरेन्सका लगानीकर्ता निराश देखिएका सोमबारको बजारले संकेत गरेको छ । सोमबारको बजारमा उत्साह कायमै रहेपनि प्रिमियर इन्स्योरेन्सका सेयर लगानीकर्तामा भने उत्साह छाएको छैन । सो दिन कम्पनीको सेयर मूल्य उच्च अंकले ओरालो लागेको छ । कारोबार खुलेको करिब साढे एक घण्टामा कम्पनीको सेयर मूल्य ७.१५ प्रतिशतले ओरालो लागेर प्रतिकित्ता ७०१ रुपैयाँमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ५४ रुपैयाँले घटी हो । मूल्य घटेको कम्पनीको सेयर बेच्नेको भन्दा पनि किन्नेको बढी चाप देखिएको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको १५ हजार ७ सय ३२ कित्ता सेयर बिक्रीमा रहेको छ भने ३६ हजार ७ सय २४ कित्ता सेयर किन्न लगानीकर्ता इच्छुक रहेका छन् । कम्...

२०७६ फाल्गुन १२ गते ११:५९

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स(आईजीआई)को सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा इन्स्योरेन्सको ६ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५०० रुपैयाँ तोकिएको छ । मूल्य समायोजन पछिको साेमबारकाे कारोबारमा कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । बजार खुलेको करिब एक घण्टामा कम्पनीको सेयर मूल्य १५ रुपैयाँले बढेर प्रतिकित्ता ५१५ रुपैयाँ पुगेको छ । ...