Latest News

२०२६ पौष १७ गते ५:३०

काठमाडौं । सेयर बजार कारोबारको पहिलो दिन अर्थात आज (आइतबार) सेयर बजार १४.६७ अंकले घटेको छ । आज सेयर बजार १४.६७ अंकले घटेर २६१६.५८ अंक कायम भएको हो । आज सेयर बजारमा कुल ४२ लाख ८७ हजार ५६९ कित्ता सेयर खरिद बिक्रीबाट कुल २ अर्ब २७ करोड ४६ लाख २६ हजार रुपैयाँको कारोबार भएको छ । आज राष्ट्र उत्थान लघुवित्तमा सकारात्मक सर्किट लागेको छ भने मैलुङ खोला जलविद्युत आयोजनाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । ...

२०२६ पौष १७ गते ५:३०

काठमाडौं । मंगलबार सेयर बजार १७.१५ अंकले घटेको छ । मंगलबार सेयर बजार १७.१५ अंकले घटेर परिसुचक २६५०.९७ बिन्दु कायम भएको छ । मंगलबार २२९ कम्पनीको ६५ लाख २९ हजार २६ कित्ता सेयर खरिद बिक्रिीबाट ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार १७५ रुपैयाँको कारोबार भएको छ । आज कारोबारमा बैंकिङ समूहको ११.७८, विकास बैंक १२.९१, वित्त ११.४२, जलविद्युत ४५.३६, जीवन बीमा १०२.७४, उत्पादन तथा प्रशोधन १०४.४१, माइक्रोफाइनान्स समूहको उपसूचक ३९.४९ अंकले घटेको छ भने निर्जीबन बीमा समूहको उपसूचक ६७.३३ अंकले बढेको छ । मंगलबार इमर्जिङ नेपालको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल दुरसञ्चार कम्पनीका लगानीकर्ताले बढी नै गुमाएका छन् । इतिहासमै पहिलो पटक २० प्रतिशत सेयर र २० प्रतिशत नगद गरी ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेकै दिन सेयर मूल्य प्रतिकित्ता ८८ रुपैयाँ रुपैयाँले घटेको छ। कम्पनी...

२०७७ भाद्र १० गते ३:४७

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको बुधबार मात्रै ६ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो । संस्थाको ४ लाख ७२ हजार २ सय ६७ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यससँगै उक्त सेयर लगानीकर्ताको डिम्याट खातामा हस्तान्तरण हुने छ र दोश्रो बजारमा किनबेच गर्न पाइने छ । ...

२०७७ आषाढ़ १४ गते ११:११

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । संस्थाको सञ्चालक समितिको बैठकले हालको चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने ३ करोड ६८ लाख रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको हो । साथै, सञ्चालक समितिले कर प्रयोजनको लागि १९ लाख ३६ हजार ८ सय ४२ रुपैयाँ बराबरको नगद लाभांश सेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गरेसँगै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी ३६ करोड ८० लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस सेयर पछि संस्थाको चुक्ता पुँजी ४० करोड ४८ लाख रुपैयाँ पुग्ने छ । ...

२०७६ चैत्र ९ गते १:२१

काठमाडौं । नेको इन्स्योरेन्सको प्रस्तावित नगद लाभांश शंसोधन भएको छ । बीमा समितिले कम्पनीको ८.४२ प्रतिशत नगद लाभांश प्रस्तावलाई शंसोधन गरी कर सहित ८.१६ प्रतिशतमा झारेको हो । यससँगै कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट ८.१६ प्रतिशत नगद लाभांश पाउने छन् । कम्पनीको आगामी वार्षिक साधारणसभा आगामी वैशाख १ गते(सोमबार) हुने भएको छ । सो प्रयोजनको लागि इन्स्योरेन्सले चैत २४ गतेदेखि आगामी वैशाख १ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ३१ करोड ७४ लाख रुपैयाँ रहेको छ । कम्पनीले सेयरधनीलाई १० करोड ७४ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न लागेको हो । जसमा कर प्रयोजनको लागि ५३ लाख ७३ हजार ७ सय ३५ रुपैयाँ छुट्याइएको छ । ...

२०७६ चैत्र ३ गते १२:१२

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले स्वेडा लघुवित्त संस्थालाई प्राप्ति(एक्विजिशन) गर्ने भएको छ । सो प्रयोेजनको लागि संस्थाले आगामी चैत ७ गते देखि १७ गतेसम्म बुक क्लोज गर्न लागेको हो । मिर्मिरे लघुवित्तको संचालक समितिको बैठकले उक्त संस्था प्राप्ति गर्ने सम्बन्धि गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई संस्थाको आगामी विशेष साधारणसभाले पारित गर्ने छ । संस्थाको विशेष साधारणसभा आगामी चैत १७ गते बस्दै छ । मिर्मिरे लघुवित्तको हालको चुक्ता पुँजी १२ करोड ८७ लाख ८६ हजार ४०० रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको ४५ प्रतिशत बोनस सेयर बाहेकको चुक्ता पुँजी हो । संस्थाको गत पुस २८ गते सम्पन्न नवौं वार्षिक साधारणभाले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ४५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । ...

२०७६ चैत्र २ गते २:२४

काठमाडौं । देवः विकास बैंकले सेयरधनीलाई बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षकाे नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८.५५ प्रतिशत बोनस दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव फागुन ३० गते बसेको विकास बैंक सञ्चालक समितिको बैठकले गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको बोनस पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी ३ अर्ब १७ करोड ७१ लाख ९ सय २७ रुपैयाँ रहेको छ । ८.५५ प्रतिशत बोनस पछि बैंकको चुक्ता पुँजी ३ अर्ब ४४ करोड रुपैयाँ पुग्ने छ । ...

२०७६ फाल्गुन २७ गते १:०४

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई १२.५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । संस्थाले आर्थिक वर्ष २०७४/७५ को लागि चुक्ता पुँजीको सो मात्राको सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ । १२.५ प्रतिशतका दरले कम्पनीले २५ करोड ९ लाख ९२ हजार ४ सय २२ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । साथै, संस्थाले कर प्रयोजनको लागि एक करोड ३२ लाख १० हजार १ सय २८ रुपैयाँ बराबरको नगद लाभांश घोषणा गरेको छ । उक्त प्रस्ताव फागुन २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । १२.५ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी २ अ...

२०७६ फाल्गुन २२ गते १:२५

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आगामी चैत १४ गते आफ्नो नवौं वार्षिक साधारणसभा(एजीएम)को मिति तोकेको छ । उक्त सभा सो दिन बिहान ११ बजे भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बस्न लागेको हो । सभामा जाने प्रयोजनको लागि फागुन ३० गते बैंकको सेयर कारोबार बन्द गर्ने निर्णय भएकाे छ । सो निर्णय फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो । सभाले सेयरधनीलाई बोनस र नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्ने छ । कम्पनीले सेयरधनीलाई १६ करोड ८३ लाख ९ हजार ४ सय २३ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । साथै, कम्पनीले हालको चुक्ता पुँजीको ४.७५ प्रतिशत नगद लाभांश(कर सहित) वितरण गर्ने प्रस्ताव गरको छ । हाल कम्पनीको चुक्ता पुँजी ८ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस सेयर पछि बैंकको चुक्ता पुँजी ८ अर्ब ५८ करोड रुपैया...

२०७६ फाल्गुन १५ गते २:०४

काठमाडौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर फागुन १८ गतेदेखि खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डबाट ६० प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति पाएको कम्पनीले फागुन १८ गतेदेखि चैत २३ गतेसम्म उक्त सेयर जारी गर्न लागेको हो । बोर्डले गत पुस २९ गते कम्पनीलाई ३८ लाख ४९ हजार एक सय २० कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो । बोर्डको अनुमति अनुसार कम्पनीले हालको चुक्ता पुँजीको सो मात्रा अर्थात ३८ करोड ४९ लाख १२ हजार रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीले पुँजी वृद्धि गर्नको लागि सो मात्राको हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी ६४ करोड १५ लाख २० हजार रुपैयाँ रहेको छ । ६० प्रतिशत हकप्रद पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुग्ने छ । उक्त सेयर धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एन...

२०७६ पौष ८ गते १२:५२

काठमाडौं । सिन्धु विकास बैंकको वार्षिक साधारणसभा(एजीएम) पुस २९ गते हुने भएको छ । संस्थाकाे एजीएम साे दिन मंगलबार सिन्धुपाल्चोककाे  बार्हबिसेस्थित सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको सभा हलमा बस्न लागेकाे हाे । सभामा जाने प्रयोजनका लागि संस्थाकाे पुस १६ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज हुने भएकाे छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले बुक क्लाेज र साधारणसभाकाे मिति ताेकेकाे हाे । सभाले शेयरधनीलाई ११.५१ प्रतिशत बोनश शेयर दिने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्दै छ । साथै, कर प्रयोजनको लागि हालको चुक्ता पुँजीको ०.५७५६ प्रतिशत अर्थात २८ लाख ७८ हजार ६३४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने सामान्य प्रस्तावलाई स्वीकृत गर्ने छ । हाल संस्थाको चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको छ । ...