नयाँ नेपाल लघुवित्तको बोनस सेयर सूचीकृत

  २०७७ श्रावण २५ गते ७:०४       विकासन्युज

काठमाडौं । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । संस्थाको २० प्रतिशत अर्थात एक लाख ६८ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

काभ्रेको धुलिखेलमा केन्द्रिय कार्यालय रहेको यस संस्थाको कूल १० लाख ८ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत छन् । पछिल्लो समय संस्थाको सेयर प्रतिकित्ता ८ सय ३४ रुपैयाँमा किनबेच भएको छ ।

१० करोड ८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस संस्थाको बजार पुँजीकरण ८४ करोड ६ लाख ७२ हजार रुपैयाँ रहेको छ ।