स्वाभिमान लघुवित्तको भोलिदेखि सेयर कारोबार खुला, मूल्य रेञ्ज कति ?

  २०७६ जेठ २७ गते १४:२८     विकासन्युज

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको भोलि(मंगलबार)देखि सेयर कारोबार खुला हुने भएको छ । सोमबार मात्रै सूचिकृत भएको यस संस्थाको साधारण सेयर(आईपीओ) भोलिदेखि दोश्रो बजारमा किनबेच गर्न पाइने भएको हो ।

संस्थाको कूल ६ लाख १८ हजार ६१० कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो ।

पहिलो कारोबारको लागि संस्थाले न्युनतम ९१.८४ रुपैयाँदेखि अधिकतम २७५.५२ रुपैयाँसम्म मूल्य रेञ्ज पाउने छ ।  रुपन्देहीमा केन्द्रिय कार्यालय रहेको यस संस्थाको प्रतिसेयर नेटवर्थ ९१.८४ र प्रतिसेयर आम्दानी ०.५५ रुपैयाँ रहेको छ ।

संस्थाले वैशाख २७ गतेदेखि ३१ गतेसम्म कुल एक लाख ९८ हजार ६१० कित्ता आईपीओ बिक्री गरेको थियो । उक्त आईपीओ गत जेठ ५ गते बाँडफाँड भएको थियो ।