सनराइज बैंकको नगद लाभांश वितरण शुरु, सेयरधनीलाई डिम्याट अपडेट गर्न आग्रह

  २०७६ कार्तिक १८ गते १४:२३     विकासन्युज

काठमाडौं । सनराइज बैंकले गत आइतबारदेखि नगद लाभांश वितरण गर्न शुरु गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट दिने भएको ५.८ प्रतिशत नगद लाभांश सेयरधनीको खातामा जम्मा गर्न लागेको हो ।

साथै, कम्पनीले सेयरधनीहरुले आफ्नो डिम्याट खाता रहेको संस्थामा सम्र्पक गरी डिम्याट खातामा बैंक खाता अद्यावधिक(अपडेट) गराउन आग्रह गरेको हो । त्यस्तै, साधारणसभा प्रयोजनका लागि सेयर दाखिला बन्द हुने मितिसम्म कायम रहेका सेयरधनीको हितग्राही खातामा बैंकको खाता अद्यावधिक भएको हकमा नगद लाभांश सोही खातामा जम्मा हुने सनराइज क्यापिटलले जनाएको छ । बैंकको गत कात्तिक १ गते एकदिन कम्पनीको बुक क्लोज गरेको थियो ।

हितग्राही खाता नभएका लगानीकर्ताले निवेदनसहित बैंक खाता नम्बर दिएपछि सोही बैंकमा नगद लाभांश जम्मा हुने सनराइजले जनाएको छ ।

कम्पनीको कात्तिक १५ गते सम्पन्न भएको १२औ वार्षिक साधारणसभाले आर्थिक वर्षको २०७५र७६ को नाफाबाट सो मात्राको नगद लाभांश पारित गरेको थियो ।