नेपाल इन्भेष्टमेन्ट बैंकको जेठ २९ गतेदेखि बुक क्लोज

  २०७६ जेठ २३ गते १२:३४     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको आगामी जेठ २९ गतेदेखि बुक क्लोज हुने भएको छ । बैंकले विशेष साधारणसभामा जाने प्रयोजनको लागि सो दिनदेखि साधारणसभा सम्पन्न नभएसम्म कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको हो ।

बैंक आगामी असार ६ गते विशेष साधारणसभामा जाने भएको छ । बैंकले जेबिल्स फाइनान्सलाई प्राप्त गर्ने विशेष प्रस्ताव सहित उक्त दिन विशेष साधारणसभा बोलाएको हो ।

बैंकको हालै बसेको सञ्चालक समितिको बैठकले सो दिन विशेष साधारणसभा गर्ने निर्णय गरेको हो । बैंकको ५११औं सञ्चालक समितिको बैठक गत जेठ २० गते बसेको थियो ।

हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १२ अर्ब ५८ करोड रुपैयाँ रहेको छ ।