चिलिमेले २५ प्रतिशत लाभांश दिने, कात्तिक २७ गतेदेखि बुक क्लोज

  २०७६ कार्तिक १८ गते १२:१४     विकासन्युज

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । सोमबार बिहान सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत नगद(कर सहित) र २० प्रतिशत बोनस गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांशलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । कम्पनीको सभा आगामी मंसिर ११ गते बुधबार बस्दै छ । सो प्रयोजनको लागि कात्तिक २७ देखि मंसिर ११ गतेसम्म कम्पनीको बुक क्लोज हुँदै छ ।

हाल कम्पनीको चुक्ता पुँजी चार अर्ब ७५ करोड रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब ७० करोड रुपैयाँ नाघ्ने छ ।

कम्पनीले अघिल्लो वर्षपनि सेयरधनीलाई ५ प्रतिशत नगद र २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।