गुराँस लाइफ इन्स्योरेन्सले १३ प्रतिशत बोनस दिने

  २०७६ कार्तिक २० गते ११:४५     विकासन्युज

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई १३.१० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको १५४औं बैंठकले उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम भएको चुक्ता पुँजीको सो मात्राको लाभांश वितरण गर्ने र बोनस सेयरमा लाग्ने कर सम्बन्धित सेयरधनीहरुले बुझाउनुपर्ने प्रस्ताव समेत समितिको बैठकले पारित गरेको छ ।

समितिको उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा आगामी साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउनेछन् ।

हाल कम्पनीको चुक्ता पुँजी ९३ करोड ८५ लाख २० हजार रहेको छ । १३.१० प्रतिशत बोनस पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ६ करोड नाघ्ने छ ।