२०७४ कार्तिक १६ गते १७:४७ विकासन्युज
काठमाडौं । सिप्रदीयन सहायता संस्था र सिप्रदी ट्रेडिङ्ग प्रा.लिको संयोजकत्वमा “सुरक्षित तथा इन्धनमित व्ययी चालक तालिम” संचालन हुन गइरहेको छ । उक्त राष्ट्रव्यापी चालक प्रशिक्षण कार्यक्रम यही कार्तिक १६ देखि २२ गते सम्म हुने भएकाे छ ।
सो कार्यक्रम सिप्रदी ट्रेडिङ्गको काठमाडौं लगायत सिप्रदीका अन्य शाखा कार्यालयहरु इटहरी, विरगंज, नेपालगञ्ज, पोखरा र बुटवलमा संचालन हुने छ । नेपाल मै पहिलो पटक हुन लागेको वृहत प्रशिक्षण कार्यक्रममा नेपाल भरिका १२०० जना चालकहरुलाई तालिम दिने योजना रहेको जानकारी सिप्रदी ट्रेडिङ्गले दिएको छ ।
बढ्दो सवारी साधनको चाप तथा सडक दूर्घटनालाई मध्यनजर गर्दै सिप्रदी ट्रेडिङ र सिप्रदीयन सहायता संस्थाको सहकार्यमा उक्त प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको हो । उक्त तालिम कार्यक्रममा परिर्वतित प्रविधिको बारेमा चालकहरुलाई प्रशिक्षित गरिनेछ । साथै उक्त तालिममा इन्धनको कम खपत, गाडीको क्षमता वृद्धिको बारेमा पनि चालकहरुलाई तालिम प्रदान गरिने सिप्रदीले जनाएको छ ।
यस प्रकारको सवारी चालक तालिमले सवारीको साधारण मर्मत र सवारी दूर्घटना न्यूनिकरण गर्न सहयोगी सिद्ध हुने व्यहोरा समेत अनुरोध गरिन्छ ।
सिप्रदीयन सहायता सस्ंथा, सिप्रदी ट्रेडिङ्गको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत सन् २०१२ देखि सञ्चालित छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.