२०८० फागुन २० गते १६:२६ विकासन्युज
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकालले पद तथा गोपनियताको सपथ लिएका छन् । नवनिर्वाचित अध्यक्ष ढकालले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष सपथ लिएका हुन् ।
त्यसैगरी, सोही बमोजिम कम्पनीको सञ्चालक समितिका अध्यक्षले विज्ञ सञ्चालक कृष्णप्रसाद शर्मासहित नवनिर्वाचित सञ्चालकलाई पनि पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।
कम्पनीको २६औं वार्षिक साधारण सभाबाट आगामी ४ वर्षको लागि संस्थापक समूहबाट हेमराज ढकालसहित विशाल अग्रवाल, अम्बिकाप्रसाद पौडेल र कृति टिवडेवाल तथा सर्वसाधरण समूहबाट राजेन्द्रसिंह भण्डारी र अमित अग्रवाल सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका हुन् ।
कम्पनीको २६औं वार्षिक साधारण सभा फागुन २० गते काठमाडौंको लैनचौरस्थित लैनचौर बैङ्क्वेट्समा सम्पन्न भएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.