२०७९ माघ २२ गते १२:४४ विकासन्युज
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक सुरु भएको छ ।
पार्टी कार्यालय बसुन्धरामा केही समय अगाडि सुरु भएको बैठकमा सरकारमा बस्ने वा बाहिरिने भन्ने निर्णय लिने बताइएको छ ।
यस्तै, रास्वपाका सभापति रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्दैछन् । उनले आइतबार बिहान सामाजिक सञ्जाल मार्फत पार्टी केन्द्रीय कार्यालयबाट दिउँसो पत्रकार सम्मेलन गर्ने बताएका छन् ।
‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ, त्यस लगत्तै पार्टी कार्यालयबाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु, म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्, मैले सिधाकुरा नगरेको धेरै भएछ,’, उनले लेखेका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.