रास्वपाको बैठक सुरु

  २०७९ माघ २२ गते १२:४४     विकासन्युज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक सुरु भएको छ ।

पार्टी कार्यालय बसुन्धरामा केही समय अगाडि सुरु भएको बैठकमा सरकारमा बस्ने वा बाहिरिने भन्ने निर्णय लिने बताइएको छ ।

यस्तै, रास्वपाका सभापति रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्दैछन् । उनले आइतबार बिहान सामाजिक सञ्जाल मार्फत पार्टी केन्द्रीय कार्यालयबाट दिउँसो पत्रकार सम्मेलन गर्ने बताएका छन् ।

‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ, त्यस लगत्तै पार्टी कार्यालयबाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु, म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्, मैले सिधाकुरा नगरेको धेरै भएछ,’, उनले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.