२०७९ कार्तिक १६ गते ७:३३ विकासन्युज
काठमाडौं । ३८ प्रतिशत सार्वजनिक सवारी साधन खराव अवस्थामा गुडिरहेको पाइएको छ । प्राविधिक टोली सहित ट्राफिक प्रहरीले गरेको चेकचाँजको क्रममा यस्तो अवस्था देखिएको हो ।
मंगलबार भक्तपुरको जगातीमा गरिएको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका हाईस, विङगर र टाटासुमो लगायतका १६ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारवाही गर्नुका साथै एउटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।
तालिम प्राप्त प्राविधिक सहितको टोलिद्धारा गरिएको चेकिङको क्रममा हेण्डब्रेक नभएका, लाईटहरु नभएका र टायर धेरै घिसिएका लगायत अवस्था ठिक नभएका १६ओटा सवारी साधनका चालकलाई कारवाही गरिएको र एउटा सवारी साधनलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिईएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । चेकिङमा ४२ ओटा सवारी साधनको अवस्था चेकजाँच गरिएको थियो ।
अवस्था ठिक नभएको सवारी साधन चलाउदा सवारी दुर्घटना बढ्न सक्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भएकाले संभावित जोखिम कम गर्न गुडिरहेका सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक अनिल उप्रेतीको कमाण्डमा ट्राफिक प्रहरीको टोली भक्तपुरको जगातीमा क्षेत्रमा परिचालन गरिएका काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए ।
अवस्था ठिक भएमा मात्रै सवारी साधन संचालन गर्नु हुन सम्पुर्ण यातायात व्यवसायी,सवारी धनी तथा चालकहरुलाई काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.