२०७९ वैशाख ३१ गते १३:११ विकासन्युज
काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन शाहले ७२ मत ल्याएर अग्रता लिएका छन् । ३०० मत गन्दा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ७२ मत पाएका हुन् ।
दोस्रोमा कांग्रेसकी सिर्जना सिंहले ७० मत पाएकी छन् भने तेस्रोमा रहेका एमालेका केशव स्थापितले ५९ मत ल्याएका छन् । वडा नम्बर १ र ३२ बाट मतगणना सुरू भएको छ ।
अहिलेसम्म वडा नम्बर ३२ मा २०० मत र वडा नम्बर १ मा १०० मतको गणना सकिएको छ । अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ मत पाएका छन् भने राप्रपाका मदनदास श्रेष्ठले ८ मत ल्याएका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.