मतगणना अपडेट : बालेनलाई ७२ मत, सिर्जनाले ७० स्थापितले पाए ५९ मत

  २०७९ वैशाख ३१ गते १३:११     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन शाहले ७२ मत ल्याएर अग्रता लिएका छन् । ३०० मत गन्दा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ७२ मत पाएका हुन् ।

दोस्रोमा कांग्रेसकी सिर्जना सिंहले ७० मत पाएकी छन् भने तेस्रोमा रहेका एमालेका केशव स्थापितले ५९ मत ल्याएका छन् । वडा नम्बर १ र ३२ बाट मतगणना सुरू भएको छ ।

अहिलेसम्म वडा नम्बर ३२ मा २०० मत र वडा नम्बर १ मा १०० मतको गणना सकिएको छ । अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ मत पाएका छन् भने राप्रपाका मदनदास श्रेष्ठले ८ मत ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.