२०७८ असोज २३ गते १५:५१ विकासन्युज
काठमाडाैं । सुन्दर यातायातले ६ महिना भित्र देशभर एक सय वटा विद्युीय बस गुडाउने रणनीति बनाएकाे छ । आफ्नो तेस्रो वार्षिक उत्सव कार्यक्रममा सुन्दर यातायातका अध्यक्ष भेष बहादुर थापाले कम्पनीले कम्पनीले ६ महिना भित्र नेपाल भर एक सय वटा बिजुलीका बस चलाउने घोषणा गरेका हुन् ।
यस्तै, कम्पनीले स्थापनाको तेस्रो वर्षको अवसरमा डेढ महिना भित्र रुपन्देहीमा ६ वटा बिजुली बस चलाउने घोषणा गरेको हो । त्यस्तै बाँकी १४ वटा गाडी काठमाडौं उपत्यकामा चलाउने थापाले जानकारी दिए ।
हाल उपत्यकामा सुन्दर यातायातका ४ वटा बिजुली गाडी संचालनमा छन् । कार्यक्रममा वातावरण विभागका महानिर्देशक मुकुन्द प्रसाद निरौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड महाप्रवन्धक नन्द किशोर बस्नेत, वातावरण विद् भुषण तुलाधर लगायतले मन्तब्य राखेका थिए ।
उक्त अवसरमा कम्पनीले विद्युतीय सवारी साधन प्रवद्धन गर्न योगदान पुर्याउने पत्रकारहरुलाई सम्मानित गरेको थियो । कम्पनीले शिलापत्र डटकमका सुधिर भण्डारी, गोर्खा पत्रका लक्ष्मण दर्नाल, राष्ट्रिय समाचार समितीकी संचिता घिमिरे, सेतोपाटी डटकमकी निर्मला घिमिरे, एभिन्यूज टेलिभिजनका सरोज पौैडेल र संस्थागत तर्फ सुनौलो नेपाल डटकमलाई सम्मानित गरेको हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.