६ महिनाभित्र देशभर एक सय विद्युतीय बस गुडाउने सुन्दर यातायातको योजना

  २०७८ असोज २३ गते १५:५१     विकासन्युज

काठमाडाैं । सुन्दर यातायातले ६ महिना  भित्र देशभर एक सय वटा विद्युीय बस गुडाउने रणनीति बनाएकाे छ । आफ्नो तेस्रो वार्षिक उत्सव कार्यक्रममा सुन्दर यातायातका अध्यक्ष भेष बहादुर थापाले  कम्पनीले कम्पनीले ६ महिना भित्र नेपाल भर एक सय वटा बिजुलीका बस चलाउने घोषणा गरेका हुन् ।

यस्तै, कम्पनीले स्थापनाको तेस्रो वर्षको अवसरमा डेढ महिना भित्र रुपन्देहीमा ६ वटा बिजुली बस चलाउने घोषणा गरेको हो । त्यस्तै बाँकी १४ वटा गाडी काठमाडौं उपत्यकामा चलाउने थापाले जानकारी दिए ।

हाल उपत्यकामा सुन्दर यातायातका ४ वटा बिजुली गाडी संचालनमा छन् । कार्यक्रममा वातावरण विभागका महानिर्देशक मुकुन्द प्रसाद निरौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड महाप्रवन्धक नन्द किशोर बस्नेत, वातावरण विद् भुषण तुलाधर लगायतले मन्तब्य राखेका थिए ।

उक्त अवसरमा कम्पनीले विद्युतीय सवारी साधन प्रवद्धन गर्न योगदान पुर्याउने पत्रकारहरुलाई सम्मानित गरेको थियो । कम्पनीले शिलापत्र डटकमका सुधिर भण्डारी, गोर्खा पत्रका लक्ष्मण दर्नाल, राष्ट्रिय समाचार समितीकी संचिता घिमिरे, सेतोपाटी डटकमकी निर्मला घिमिरे, एभिन्यूज टेलिभिजनका सरोज पौैडेल र संस्थागत तर्फ सुनौलो नेपाल डटकमलाई सम्मानित गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.