२०७८ वैशाख ७ गते १३:४७ विकासन्युज
काठमाडौं । भारतको हरिद्धारमा गंगा स्नान गरेर नेपाल फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भारत भ्रमण सकेर स्वदेश फर्किएपछि कोरोना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । पूर्वराजा दम्पतीलाई संक्रमण भेटिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.