२०७६ चैत २१ गते २०:०० विकासन्युज
काठमाडाैं । भाटभटेनी सुपरस्टोर्सले सञ्चार माध्यमलाई पित पत्रकारिता नगर्न आग्रह गरेको छ । कुनै एक कम्पनीले ल्याएको स्वास्थ्य उपकरण र सामग्री गुणस्तरहीन रहेको भन्ने विषयमा अहिले मिडियामा समाचार प्रकाशित भएको र यस सन्दर्भमा भाटभटेनी समूहको नाम पनि अनर्गल तवरले जोडिएकोले यस्ताे नगर्न आग्रह गरेको हाे ।
अहिले विवादमा रहेको कम्पनी ओम्नी समूहको कार्यालय पुल्चोकस्थित भाटभटेनीको माथिल्लो तल्लामा रहेको र उक्त संस्थाले सो स्थान प्रयोग गरेबापत भाटभटेनीलाई भाडा बुझाउँदै आएकाेले भाडामा बस्ने संस्थासँग आफ्नाे नाम नजाेड्न आग्रह गरेकाे छ ।
आज एक विज्ञप्ती जारी गर्दै उसले संसारभर फैलिएको र हाम्रो देशमा पनि आइपरेको कोभिड-१९को समस्यामा जुध्नका लागि भाटभटेनी समूहले आफ्नो क्षमताले भ्याएसम्म सहयोग गरिरहेको समेत बताएकाे छ । संस्थाले देशलाई कोरोनाको संक्रमणसँग लड्नका लागि प्रधानमन्त्री कोरोना संक्रमण रोकथाम तथा उपचार कोषमा एक करोड रूपैयाँको आर्थिक सहयोग प्रदान गरिसकेको बताएकाे छ ।
यस्तै सातवटै प्रदेशमा रहेको कोरोना रोकथाम कोषमा प्रतिप्रदेश २५ लाख रूपैयाँ सहयोग गर्ने घोषणा पनि गरिसकेको बताएकाे छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.