नेपाल र चीनबीच वैशाख ८ गतेदेखि शैक्षिक मेला शुरु, २५ वटा स्टल राखिने

  २०७६ वैशाख ६ गते १६:१७     विकासन्युज

काठमाडौं । नेपाल र चीनबीच शैक्षिक मेला हुने भएको छ । यहि वैशाख ८ र ९ गते दुई देशका शिक्षा क्षेत्रमा काम गर्दै आएका निकायबीच ‘सेकेण्ड द वेल्ट एण्ड रोड नेपाल चाइना एजुकेशन फेयर’ संचालन हुन लागेको हो । वल्ड ट्रेड सेन्टर त्रिपुरेश्वमा संचालन हुने उक्त मेलामा विभिन्न चाइनिज युनिभरसिटी र नेपाली कन्सलटेन्सको २५ वटा स्टल रहने छ ।

सभामुख कृष्णबहादुर महराले उद्घाटन गर्ने उक्त कार्यक्रममा दुई देशका व्यवसायी, अभिभावक र विद्यार्थीबीच अन्तर्क्रिया हुने आयोजक चिनीय भाषा शिक्षक संघका सचिव रामचन्द्र कार्की बताए । मेलामा दुबै देशमा संचालन भइरहेको शिक्षा प्रणाली, अवसर र अनुभव आदान प्रदान गर्ने थलोको रुपमा यसलाई लिन सकिन्छ,’ कार्कीले भने ।

करिव १० लाख रुपैयाँ खर्चेर गर्न लागिएको उक्त मेलामा दुबै देशका गरी १० हजार अवलोकनकर्ताले भ्रमण गर्ने जानकारी संघले दिएको छ । मेला संचालन हुने दुई दिनमध्ये पहिलो दिन शैक्षिक स्टलहरूको अवलोकन र दोस्रो दिन अन्तरक्रिय कार्यक्रम हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.