फार्म हाउस होटलमा प्रभु बैंकका ग्राहकले छुट पाउने

  २०८१ जेठ १३ गते १४:२७     विकासन्युज

काठमाडौं । मनाङमा अवस्थित फार्म हाउस होटल र प्रभु बैंकबीच सम्झौता भएको छ । प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई लक्षित गरी उपलब्ध सेवाहरुमा छुट प्रदान गर्नेगरी उक्त सम्झौता भएको हो ।

गत शुक्रबार एक समारोहकाबीच फार्म हाउस होटल तर्फबाट प्रोपाइटर समराज गुरुङ र प्रभु बैंक लिमिटेड तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड/क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै विधुतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा फार्म हाउस होटलमा उपलब्ध आवास, खाना र मनोरञ्जन लगायतका सेवाहरुमा छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

एग्रो मनाङद्वारा संचालीत फार्म हाउस होटल विगत पाँच बर्षदेखी सञ्चालनमा आएको मनाङ जिल्लाकै सुविधा सम्पन्न होटलको रुपमा परिचित पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.