समृद्धि फाइनान्सद्धारा खानेपानी र जुस वितरण

  २०८१ जेठ ११ गते १८:००     विकासन्युज

काठमाडौं । समृद्धि फाइनान्सले नारायणगढ र बुटवल शाखाबाट जेष्ठ १० गतेका दिन २५६७ औँ बुद्ध जयन्तीको अवसरमा भरतपुर ११, भोजाडमा अवस्थित छेच्यु थर्पलिङ्ग गुम्वामा निःशुल्क खानेपानी वितरण गरेको थियो ।

कम्पनीले लगभग ३५० जना भन्दा बढी बौद्ध धर्मालम्वी आगन्तुकहरूलाई निशुल्क खानेपानी र बुटवल १मा अवस्थित पद्म चैत्य विहार समितिलाई प्रसाद प्रयोजनकोलागि फलफुल, सुजि, आटा र पानी वितरण गरेको हो । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रम गरेको हो ।

साथै वनेपामा चण्डी पुर्णिमाको अवसरमा मनाइने चण्डेश्वरी जात्रामा उपस्थित आगन्तुकहरूलाई नि:शुल्क खानेपानी र जुस वितरण गरेको छ ।

फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोबार, आर टि जि एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.