विमानस्थलको धावनमार्गमा समस्या देखिँदा विमानहरू आकाशमै होल्ड

  २०८१ जेठ ११ गते १३:३७     विकासन्युज

काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा समस्या देखिँदा एक घण्टा उडान अवरुद्ध भएको छ । विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाका अनुसार धावनमार्गमा ‘क्रयाक’ भएपछि शुक्रबार दिउँसो ११ः४५ देखि १२ः४५ बजेसम्म उडान अवरुद्ध भएका थिए ।

‘धावनमार्गमा क्रयाक भएपछि करिब एक घण्टा उडान रोक्नु परेको थियो’, उनले भने, ‘पहिले पनि  बर्खा र गर्मी महिना सुरु हुने समयमा यस्तो समस्या देखिन्थ्यो ।’

उनका अनुसार धावनमार्गमा क्रयाक देखिएपछि केही विमानलाई आकाशमै होल्डमा राख्नु परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.