सहकारी प्रकरण : कार्यदलको बैठकले निकालेन निस्कर्ष

  २०८१ जेठ ११ गते १३:१०     विकासन्युज

काठमाडौं । सहकारीको रकम अपचलन सम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश बनाउन गठित कार्यदलको बैठक बिना निस्कर्ष सकिएको छ ।

शुक्रबार बिहान सिंहदरबारमा बसेको कार्यादलको बैठक बिना निस्कर्ष सकिएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गदै नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले बैठक सकारात्मक रुपमा अघि बढिरहेको र कार्यादेश बनाउने गरी बैठक उन्मुख भएको बताए ।

नेपाली कांग्रेसबाट निरन्तर उठाउँदै आएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम नै किटान गर्नुपर्ने कुराबाट कांग्रेस पछि हटेको र काँग्रेसले गृहमन्त्री संलग्न रहेको भनिएको र ऋण लिएको भनिएको विषयमा तोकेर कार्यादेश बनाउने कुरा अघि बढेको जानकारी दिए ।

‘हामीले बैठक समापन गरेका छैनौँ, केही साइड छलफल भइरहेको छ । गृहमन्त्रीको पाटोबाट पनि केही छलफल भएको छ । बैठक सकारात्मक रुपमा अघि बढिरहेको छ । गाँठो फुकाउनुपर्छ भन्नेतिर बैठक उन्मुख छ । नेपाली काँग्रेस यसमा थप लचकता अपनाएर आएको छ । त्यसबारेमा गृहमन्त्रीसँग पनि छलफल गर्नुपर्ने हुन्छ । हाउस अघि बढ्छ’, उनले भने ।

उनले उपप्रधानमन्त्री लामिछानेले ऋण लिएको भनिएको सहकारीको नाम किटान गरेर अघि बढ्ने कुरामा सकारात्मक वार्ता भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.