सिरोहियाको म्याद थप्न अदालतमा पेस गरिँदै

  २०८१ जेठ ११ गते १०:५४     विकासन्युज

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले म्याद थपका लागि अदालत लैजाने तयारी गरेको छ ।

नागरिकता प्रकरणमा धनुषा प्रहरीको हिरासतमा रहेका सिरोहियालाई पुन म्याद थपका लागि जिल्ला अदालत धनुषामा पेस गर्न लागिएको हो ।

जिल्ला अदालत धनुषाले अनुसन्धानको लागि गत बुधबार तीनदिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको थियो । जसको म्याद शुक्रबार सकिँदैछ ।

नागरिकतासम्बन्धि कसुरमा प्रहरीले गत मंगलबार सिराहियालाई काठमाडौंस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरि धनुषा ल्याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.