सरकारले २३४ जना जासुस माग्यो, योग्यता एसईई पास

  २०८१ जेठ ११ गते ८:५६     विकासन्युज

काठमाडौं । सरकारले सहायक सूचक (जासुस) पदमा २३४ जना माग गरेको छ ।  मन्त्रिपरिषद्अन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभागले सहायक सूचक २३४ जना, सुरक्षा गार्ड १६ जना र २ जना परिचर नियुक्त गर्ने भएको छ । शुक्रबार सूचना जारी गर्दै विभागले असार १० गतेसम्म म्याद राखेर आवेदन माग गरेकाे छ ।

सहायक सूचक पदका एससलसी वा एसईई पास हुनु पर्ने, १८ वर्ष पूराई भई २५ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ । सुरक्षा गार्डको लागि ८ पास र परिचरको लागि सामान्य लेखपढ गर्न जानेको हुनुपर्नेछ । सुरक्षा गार्डको लागि उमेर हद २५ वर्ष छ भने परिचरको लागि ३५ वर्ष तोकिएको छ ।

सरकारी जागिर भए पनि राष्ट्रिय अनुसन्धान विभागले लिने कर्मचारीले लोकसेवा पास गर्नुपर्दैन । सहायक सूचकले लिखित, मौखिक परिक्षा र विस्तृत स्वास्थ्य परिक्षणमा उत्तिर्ण हुनुपर्नेछ ।

राष्ट्र हित विपरित हुने काम वा गतिविधिबारे प्रारम्भिक सूचना संकलन गर्नु र राष्ट्रिय अनुसन्धान विभागको प्रति-जासुसी संयन्त्रलाई सहयोग पुर्याउनु सहायक सूचकको भूमिका हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.